27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

नवलपरासीका अत्याधिक दुर्घटना हुने मोड र घुम्तीमा कन्भेक्स मिरर राखिए

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, माघ-३ । पूर्वश्चिम राजमार्गका अत्याधिक दुर्घटना हुने दुम्किवासदेखि बर्दघाटसम्मको १५ किलोमीटरको दुरीमा र गैडाकोटको थुम्सी जंगलको घुमाउरो सडकलाई मध्यनजर गर्दै कन्भेक्स मिरर राख्न थालनी गरिएको छ । सवारी दुर्घटना कम गर्नका लागि कन्भेक्स मिररले सहयोग पुर्याउने भएकाले अत्याधिक दुर्घटना हुने दुम्कीवासदेखि बर्दघाटसम्मका घुम्तीहरूमा कन्भेक्स मिरर जडान कार्य शुरु भएको छ ।
आईतवार जिल्लाको दाउन्नेमा एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाले मिरर जडान कार्यको उद्घाटन गरेका छन । प्रथम चरणमा दाउन्नेदेखि बर्दघाटसम्मको घुम्तीहरूमा कन्भेक्स मिरर जडान गरिने छ भने दोश्रो चणमा गैडाकोटको थुम्सीमा जडान गरिने छ ।


पहिलो चरणमा ५० वटा मिरर जडान गरिने प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए । आईतवार एउटा मात्रै मिररको जडान कार्य भएको छ भने सोमवारदेखि काम जारिरहने रानाले बताए ।मिरर खरिदका लागि जिल्ला प्रशाशन कार्यालयको सवारी दुर्घटना कोष, बस व्यवसायी समितिहरू, उद्योग वाणिजय संघ, जिल्लाका विभिन्न नगरपालिका, गाविहरूले सहयोग गरेको रानाले बताए । १० वटा मिरर दुर्घटना कोषबाट खरिद गरिएको र अन्य विभिन्न संघसंस्थाको सहयोगमा खरिद गरिने रानाले बताए बताए । एउटा मिररको १७ हजार ५ सय लागत लागेको जानकारी दिदै रानाले ५० वटा जडान गर्दासम्म करीब १० लाख रुपैयासम्म लाग्ने बताए ।

दुर्घटना न्यनिकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गरिए पनि न्यनिकरण हुन नसकेकाले यसरी मिरर जडान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख राजेन्द्र प्रसाद चौधरीले बताए । सवारी चलाउदा ठूला मोड आयो र विपरित दिशाबाट सवारी आएको छ छैन जान्न कन्भेक्स मिररले सहयोग पुर्याउने चौधरी बताउछन ।


‘कन्भेक्स मिरर जडान गरेपछि दुवैतर्फबाट आएका विपरित दिशाको सवारीलाई प्रष्ट देख्न सकिन्छ त्यसलाई हेरेर चालकले सवारी साधनको गति नियन्त्रण गर्न सक्छ जसबाट संभावित दुर्घटनाबाट जोगिन सकिन्छ ।’ चौधरीले भने ।
पहिलो चरणको मिरर जडान कार्य एक महिनाभित्र सकिने र केही समयपछि गैडाकोटको थुम्सीमा पनि जडान कार्य हुने चौधरीले बताए । जंगल र पहाडी क्षेत्रका घुम्ती मात्रै नभई राजमार्गका अन्य स्थानका घुम्ती तथा सुनवल परासी, भुमहि परासी र बर्दघाट त्रिवेणी सडक खण्डका घुम्तीहरूमा पनि मिरर जडान गर्ने लक्ष्य लिईएको चौधरीले जानकारी दिए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्