27 C
Kathmandu
Wednesday, August 4, 2021

छक्का पन्जा पईरेसी प्रकरण : कृष्णको आत्म हत्या नभई हत्या: सुबेदी परिवार, निस्पक्ष छानबिनको माग राख्दै नोबेल मेडिकल कलेजका विद्यार्थीले जुलुस निकाले

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१, कावासोती, खगराज सापकोटा । दीपकराज गिरीले निर्माण गरेको ‘छक्का पञ्जा’ चलचित्र पाईरेसी गरेको आरोप लागेका कावासोतीका कृष्ण सुबेदी मृत फेला परेपछि उनको हत्या भएको परिवारजनले आरोप लगाएका छन् ।घटनाको अवस्था हेर्दा आत्मा हत्या नभई हत्या भएको दाजु हरि सुबेदीको भनाइ छ । नवलपरासीको कावासोती-३, बि.पी. चोक  स्थायी घर भएका कृष्ण सुवेदी बिहीबार साँझ काठमाडौं महानगरपालिका–९ बिजयचोकस्थित दिक्षा आचार्यको घरमा मृत फेला परेका थिए । ‘बिहीबार साँझ करिब साँढे ६ बजेतिर सुवेदीलाई आफ्नै कोठाको सिलीङमा झुण्डिएको अवस्थामा फेला पारेका हौं’ महानगरीय प्रहरी वृत गौशालाका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज कार्कीले भने । शव पोष्टमार्टम पछी हिजो साझ कावासोती ल्याईएको र उनको आज दाहसस्कार गरिएको छ  ।

कृष्णले फोन मार्फत आफुलाई मार्ने धम्कि आइरहेको र कुनै पनि बेला जे पनि हुन सक्ने भन्दै आफु अफ्टेरोमा परेको बताएको उनका दाजु हरि सुबेदीले जानकारी गराए । उनले आफु बेकसुर रहेको प्रेहरीले पुष्टी गर्दा पनि आफुलाई बारम्बार धम्कि आउने गरेको मृतक कृष्णले परिवारलाई जानकरी गराएको उनका दाजुले बताए । उनले आफुलाई फसाउन खोजिएको बताएका थिए दाजु हरी सुबेदीले हुलाकी संग भने । मेरो भाई आत्म हत्या गर्ने खालको मान्छे हैन उनका दाजु हरि सुबेदीले भने उनले मेरो भाइको हत्या हो आत्म हत्या हैन ।

दिपकराज गिरीले निर्माण तथा दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ राम्रो चलिरहेको बेला पाईरेसी गरेको भन्दै महानगरीय अपराध महाशाखामा उजुरी समेत परेको थियो । उजुरी परेसँगै केही दिनअघी सुवेदीलाई टेकुमा बोलाएर केरकार गरेसँगै छाडेको प्रहरीले जनाएको छ । पाईरेसीमा कृष्णको संलग्नता नदेखिएपछि दुवै पक्षलाई मिलापत्र गराएर छाडेको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सर्वेन्द्र खनालले बताए ।

बिहीबार विहान मात्रै आफ्नो स्थायी घर नवलपारासिबाट फर्केका सुवेदी साँझ मफ्लरको पासोमा झुण्डिएको अवस्थामा फेला परेपछी उनका साथी सागर सापकोटाले प्रहरीलाई खबर गरेका थिए । नवलपरासिको गैंडाकोट स्थायी घर भएका सागर र कृष्ण एउटै कोठामा बस्थे ।

सिनामंगलस्थित नोवल मेडिकल कलेजबाट बिपीएच ‘ब्याचलार इन पब्लिक हेल्थ’ को पढाई पुरा गरेका सुवेदीको हत्या भएको भन्दै कलेजका विद्यार्थीले आज आइतबार जुलुस निकालेकाछन । पोष्टमार्टमको रिपोर्ट नआएसम्म हत्या वा आत्महत्या भन्न सकिने स्थित छैन । उनले अत्ति नै धम्कि आएपछि आफ्नो हत्या हुने संकेत पाएर ‘मेरो हत्या भएको हो !’ भनि मृत्यु अघि नै नोट लेखेको धेरैको अनुमान छ । प्रहरीले घटनास्थलमा सुवेदीको हस्ताक्षरीत नोट फेला पारेको छ । नोटमा उनले आफ्नो मृत्यु नभएर हत्या भएको दावी गरेका छन् ।

आफुलाई एक हप्ता अघिबाट ज्यान मार्ने धम्कि आएको उल्लेख गर्दै उनले लेखेको नोटमा भनिएको छ, ‘आमा, बाबा, दाई, दिदी मलाई माफ गर्दिनु, बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैयाँ आमालाई दिनुहोला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ ।’
कृष्णसहितको टिमले पाइरेसी गरेको भनिएको छक्का पञ्जाको भिडीयो बिहीबार धेरैले मोबाइलमा हेरेको बताईएको छ । फिल्म निर्माता दिपकराज गिरी हाल युरोपमा सोही फिल्म सो गर्न गएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा ‘फिल्म पाइरेसी गर्नेलाई छाडीँदैन’ भन्दै स्ट्याटस पोष्ट गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्