27 C
Kathmandu
Sunday, March 7, 2021
2021 Mar 07, Sunday 05:23

TRENDING .

शिक्षा मन्त्रालयबाट स्वीकृति नलिएका कन्सल्टेन्सी बन्द हुने

- Advertisement -

पोखरा, माघ-१ । शिक्षा मन्त्रालयबाट स्वीकृति नलिइ सञ्चालनमा रहेका शैक्षिक परामर्शदातृ संस्थाहरु बन्द हुने भएका छन् । शिक्षा मन्त्रालयको अनुमति नलिएका र अनुमति लिएर पनि नविकरण प्रक्रियामा नआएका संस्थाहरुलाई बन्द गराएरै छाड्ने शिक्षा मन्त्रालयका निमित्त सचिव सूर्यप्रसाद गौतमले बताए ।

कम्पनीमा मात्र दर्ता भएर परामर्श दातृ संस्थाहरु सञ्चालन गर्न नपाइने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले पोखरामा आयोजना गरेको ३ दिने इक्यान शैक्षिक मेलाको शुक्रबार समापनका अवसरमा गौतमले बताए । ‘जुनजुन संस्थाहरु शिक्षा मन्त्रालयको स्वीकृति लिएर सञ्चालनमा छन् ती संस्था चल्छन्, उनले भने, ‘प्रक्रियामा नआएका संस्थाहरु बन्द हुन्छन् ।’

७ सय २९ वटा संस्थाले अनुमति पाइसकेको निमित्त सचिव गौतमले जानकारी दिए । ‘८ सय ५४ वटा संस्था थप अनुमिति लिने प्रक्रियामा छन्,’ उनले भने, ‘अनुमतिका लागि अझै पनि सूचना निकाल्नु पर्छ भन्ने माग आइरहेको छ ।’ ७ सय २९ वटा संस्थाले यस अगाडि स्वीकृति लिइसकेको भएपनि ३२ वटा संस्थाले मात्र नविकरण गरेको गौतमले बताए ।

उच्च शिक्षाका लागि विदेश पढ्नु जानु अगाडि विद्यार्थी र अभिभावकले परामर्श लिन जरुरी रहेको उनको धारणा छ । परामर्र्शले राम्रो देश र विश्वविद्यालय छनोटमा सजिलो हुने उनको भनाइ छ । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जाँदैमा विद्यार्थी पलायन भएको भन्न मिल्दैन,’ उनले भने, ‘जहाँ गएर पनि स्तरीय शिक्षा आर्जन गर्न सकिन्छ ।’ विदेशमा गएर आर्जन गरेको ज्ञान र सिपलाई आफ्नै देशमा फर्किएर प्रयोगमा ल्याउनुपर्ने उनले बताए ।

ताजा खबर

- Advertisement -

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्