27 C
Kathmandu
Wednesday, August 4, 2021

नवलपरासीमा भएको सवारी दुर्घटनामा २ घाइते एकको अवस्था गम्भीर

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१,नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कावासोती  लोकाहा पुल नजिक गएराती एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठक्कर खादा २ जना घाएते भएका छन । घाईते श्रीमान श्रीमती रहेको प्रहरीले बताएको छ । श्रीमतीको अवस्था गम्भिर रहेको छ ।
कोहलपुरबाट काठमाण्डौ बिरामी लिएर जादै गरेको भे १ च १७४९ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको ना ७३ प ६६ ५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक नवलपरासी जिल्ला कावासोती  हात्तिखोर निवासी वर्ष ३०का सुरेश श्रेष्ठ र मोटरसाईकलमा सवार निजकी श्रीमती वर्ष २८ कि बिनिता श्रेष्ठ घाईते भएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घाईते मध्ये बिनिता श्रेष्ठको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।घाईते दुवैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । एम्बुलेन्स र चालक ईलाका प्रहरी कार्यालय रजहरको नियन्त्रमा रहेको छ भने एम्बुलेन्समा सवार बिरामीलाई अर्को एम्बुलेन्स मार्फत पठाइएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्