27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

थारु गाउँमा यसरी मनाईदै छ ‘माघी’, त्रिबेणी र देवघाटमा स्नान गर्नेको घुईचो

- Advertisement -
- Advertisement -spot_imgspot_img

माघ-१, खगराज सापकोटा ।आज माघ एक अर्थात थारु समुदाएको नयाँ वर्ष आज थारु समुदाय माघी मनाउदै छन् । यता देवघाट त्रिबेणी लगाएत का धार्मिक स्थलहरुमा मेला समेत लागेको छ । हिन्दुले मान्ने गरेको माघे सक्रान्तिका दिन आज  नदि स्नान गर्नेहरुको बिहानै देखि घुईचो लागेको छ ।

चितवन, नवलपरासी देखि पश्चिम तराईका कैलाली, कञ्चनपुर तथा बर्दिया, बाँके र दाङ लगायतका सबै थारु समुदायले वर्षे बाली भित्र्याइसकेको, बारीमा प्रशस्त तरकारी फलेको र खेतमा हिउँदे बाली फल्नै लागेको बेला माघेसंक्रान्तिलाई नयाँ वर्षको रुपमा थारु समुदायले मनाउने गरेको छ । उनीहरुले माघीलाई पहिलो र सबै भन्दा ठूलो पर्वको रुपमा मान्ने गर्दछन् ।

थारु समुदायले माघी अर्थात् माघे संक्रान्तीलाई नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । आधुनिक पुस्तालाई थारु समुदायको मौलिक सांस्कृतिक पर्व माघीबारे जानकारी गराउने तथा माघी पर्वको संरक्षण तथा सम्बद्र्धनमा योगदान पुर्याउने उद्देश्यले विभिन्न संघसंस्थाले माघीलाई लक्षित गरी महोत्सव तथा मेलाको आयोजना गर्दै आएका छन् ।

माघी पर्वमा आफ्ना दिदीबहिनी तथा साथीभाइलाई आमन्त्रण गर्ने कार्य पनि थारुहरुले गर्न थालेका छन् । माघीमा ठाउ अनुसारको नाच  नाच्नका लागि गाउँमा समूह बनाउने, छलफल गर्ने र पूनर्ताजकीका लागि सिक्ने काम गर्ने गरिन्छ। नदी तथा जलासयमा स्नानसँगै गंगा मैइयाको पूजा गरिन्छ । स्नान र पूजाआजापछि मान्यजनहरूबाट टिका ग्रहण गरी आशिर्वाद लिइन्छ ।

माघीमा आफन्त तथा साथीभाइलाई ढिक्री र सुगुर/बंगुरको मासु खाने र खुवाउने चलन छ ।

माघीलाई नयाँ वर्षका रुपमा मनाइने भएकाले माघीसंगै थारु गाउँमा विकासका लागि एक वर्षीय नयाँ योजना बन्ने गरेको थारु कल्याणकारिणी सभा कैलालीका पूर्वसभापति चौधरीले बताए । उनले माघमा नयाँ भल्मन्सा (बरघर), चिरक्या (चौकीदार) देशबन्ध्या (गाउँको सबै भन्दा ठूलो गुरुवा) चुन्ने, युवा युवतीको विवाह गर्ने, नयाँ घर बनाउने, भाई छुट्टिने, खेतीमा नयाँ प्रविधि वा उत्पादन थप्ने लगायतका विषयमा योजना बन्ने गरेको बताए ।

ढिक्री, बंगुरको मासु, तरुल, जाँर खाँदै र मघौटा नाच्दै ३ दिनसम्म माघी मान्ने र त्यसपछि भल्मन्साको घरमा गाउँका सबै थारु परिवार जम्मा भई गाउँ विकासको योजना बनाउने र घरका सबै सदस्यहरु बसेर घर विकासको योजना बनाउने गरेको थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य भानुराम चौधरीले बताए ।

माघीमा तीर्थस्नानपछि आफ्ना मान्यजनलाई ढोग गरी आशिर्वाद लिने र मान्यजनले दान दक्षिना दिने चलन छ । माघी नुहाइसक्ने वित्तिकै गच्छ अनुसार ३-३ वा ५-५ वा ७-७ मुठ्ठी चामल, नुन, दाल छुट्याउने चलन छ । त्यसरी छुट्याएको चामल, नुन, दाललाई दिदी बहिनीहरुलाई निस्राउ (दक्षिण)को रुपमा दिने चलन छ ।

थारु समुदायको हकका लागि कार्यरत विभिन्न संघ संस्थारुहले माघ १ र २ गते तथा पुस मसान्त गरी ३ दिन सरकारी बिदाकाे  माग गरेका छन् । उनीहरुले माघीलाई संस्थागत रुपमा मनाउन बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्