27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:06

TRENDING .

रातारात न्याधिस सिफारिस यस कारण, न्यायाधिसमा मन्त्रीज्यूका भतिजादेखि फुपूका छोरासम्म !

- Advertisement -

काठमाडौं, पुस-२८ । विशेष गरी कानुन व्यवसायीहरुबाट नियुक्त हुने न्यायाधीशहरुमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । सबैभन्दा धेरै कांग्रेसका वकिल परेका छन् । दोस्रोमा एमालेका वकिल छन् भने माओवादीले पनि पहिलोपटक ठूलै संख्यामा आफ्ना कार्यकर्तालाई न्यायाधीश बनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले सन्तुलन मिलाउनका लागि केही एमालेनिकट वकिललाई न्यायाधीश बनाइदिएकी छन् । न्यायाधीश नियुक्तिको टुंगो लगाउने क्रममा कांग्रेस नेता लेखकले आफ्ना फूपूका छोरालाई समेत न्यायाधीश बनाएका छन् ।

पर्यटनमन्त्री जीवनबहादुर शाहीका भाइ पनि न्यायाधीश बनेका छन् ।

त्यस्तै गृहमन्त्री विमलेन्द्र निधीले पनि आफ्नो भतिजोलाई न्यायाधीश बनाउन सफल भएका छन् । न्यायपरिषद सदस्य पदम वैदिकले आफ्नै ल र्फमका सहयोगीलाई न्यायाधीश बनाएका छन् ।

कानुन व्यवसायीबाट नियुक्त भएका मध्ये सुदर्शन देव भट्ट रमेश लेखकका फुपूका छोरा हुन् । त्यस्तै मुनिन्द्र अवस्थी कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीए हुन् । रमेशकुमार निधीचाहिँ बिमलेन्द्र निधीका भतिजा हुन् भने मदन पोखरेल न्याय परिषद सदस्य वैदिककै ल र्फम सहयोगी हुन् ।

त्यस्तै न्याय परिषदका सचिव कृष्ण गिरीले पनि आफ्नो हात जगन्नाथ गर्न सफल भएका छन् । उनी आफू पनि न्यायाधीश बन्न सफल भए भने आफ्नो सालो धु्रवराज नन्दलाई समेत न्यायाधीश बनाए ।

सर्वोच्च अदालतका न्यायाधीश जगदीश पौडेलका छोरा सुवास पौडेल पनि कानुन व्यवसायीको तर्फबाट न्यायाधीश बनेका छन् ।

विगतमा हत्या गरिएका र अदालतबाटै अन्याय भोगेका स्व. न्यायाधीश रणबहादुर बमका छोरा दीपेन्द्रबहादुर बम पनि उच्च अदालतको न्यायाधीश बनेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्