पुस-२९, नवलपरासी, पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको मध्यविन्दु ८ मा शुक्रवार बिहान ६ बजेको समयमा भारतिय जिप आफै अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको ज्यान गएको छ , अर्का एक जना घाईते भएका छन ।
चोरमारा प्रहरीले दिएको जानकारी अनुसार पूवबाट पश्चिम तर्फ जादै गरेको यु.पि. ३१ टी. ८१२८ नम्बरको भारतिय बोलेरो जिप आफै अनिन्त्रित भई रुखमा ठोकिदा भारत नानटार का बर्ष ४० का चिन्नु कुरेसीको घटना स्थलमानै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै सोहि कारमा सवार बाके जिल्ला जितपुर १ बस्ने बर्ष २५ का मोहम्मद आलम अहेम अलि गम्भिर घाईते भएको र उनको भरपुरमा उपचार भई रहेको छ । जिपका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
- Advertisement -
- Advertisement -