27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

मध्यविन्दु नगरपालिकाको आगामी बर्षका लागि १५ करोड ८३ लाख बजेटको नीति तथा कार्यक्रम

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती , पुस-२८ । नवलपरासीको मध्यविन्दु नगरपालिकाको दोस्रो नगरपरिषदले नगरपालिकाको आगामी आर्थिक वर्षको लागि १५ करोड ८३ लाख बराबरको बजेट पास गरेको छ । चोरमारामा भएको दोस्रो नगरपरिषदमा उक्त बजेट सार्वजनिकीकरण गर्दै मध्यविन्दु नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले आगामी आर्थिक वर्षको लागि १५ करोड ८३ लाख ५१ हजारको बजेट सार्वजनिकीकरण गरिएको हो ।

मध्यविन्दु नगरपालिकाको नगरपरिषद्ले नगरपालिकाको आर्थिक, सामाजिक एव म पूर्वाधार विकासको सम्भावनालाई उजागर गर्ने, नीतिगत, संस्थागत र भौतिक पूर्वाधार स्थापना गर्ने प्रमुख उद्देश्य लिएको छ । त्यसैगर सुसाशन प्रवद्र्धनका गरी विकास योजना एव म कार्यक्रमहरूलाई नतिजा मूलक र उत्पादन मुकल बनाउने, सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्गहरूलाई स्वरोजगार सृजना गरी आत्मनिर्भरतर्फ उन्मुख गराउने प्रमुख उद्देश्य रहेको कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताउनुभयो ।

यसैगरी आगामि २ वर्षभित्र नगरपालिकालाई बालमैत्री बनाउने गरी बजेट विनियोजन गरिएको, लक्षित समूहलाई विनियोजित कार्यक्रमहरू रोजगारी सृजना गर्ने खालका कार्यक्रममा विनियोजित गरिएको जानकारी गराउनुभयो । नगरपरिषदको नवलपरासी क्षेत्र नं. ३का सांसद कृष्ण पौडेलले उद्घाटन गरेका थिए । परिषदको उद्घाटनमा बोल्दै पौडेलले राजनीतिक रुपमा स्थिरता नआउँदासम्म विकासले फड्को मार्न नसक्ने बताउनुभयो । मध्यविन्दु नगरपालिकाले नगरपालिकाको राजश्व संकलन तथा आन्तरिक आम्दानी वृद्धिका लागि एकीकृत सम्पत्ति कर लागू गर्ने, राजश्वको दर, दायरा र सम्भवना पहिचान गर्न सम्भाव्यता अध्ययन गर्ने, व्यवसाय करका लागि यस वर्षदेखि व्यवसाय दर्ता प्रकृया अगाडि बढाउने नीति अघि सारेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्