कावासोती, पुस-२८ । नवलपरासीको कावासोती नगरपालिकाले यही आउदो माघ २ गतेबाट एकिकृत सम्पत्ती कर लागु गर्ने भएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै कावासोती नगरवासीहरूलाई अनिवार्य रुपमा जग्गा धनी पुर्जा र घरको नक्सा पासको प्रमाणपत्रको फोटोकपि लिएर आउन आग्रह गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले कागजात नगरपालिकामा पेश नगर्ने नगरवासिलाई नगरपालिकाबाट दिइने सेवा सुविधाबाट बञ्चित गरिने बताउनुभयो । यस अघि नगरपालिकाले अनियन्त्रित ढंगले एकिकृत सम्पत्ती कर लगाउन खोजेको र कर समायोजन गर्न भन्दै नगरपालिकामा ताला बन्दी लगायतका आन्दोलनका कार्यक्रम गरिएको थियो ।
- Advertisement -
- Advertisement -