त्रिबेणी, पुस- २८ , श्याम थापा । त्रिबेणी सुस्ता गा.बि.सको वडा न.९ लक्ष्मिपुरमा रहेको खेल मैदानको समुद्घाटन सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गोबिन्द क्षेत्रीले गर्नु भएको छ । आज एक कार्यक्रम गरि खेल मैदान समुद्घाटन मैदान निर्माण समितीका अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोष को अध्यक्ष्यतामा र सशस्त्र प्रहरीका बरिष्ठ उपरिक्षक गोबिन्द क्षेत्रीको प्रमुख अतिथ्यतामा भएको हो । कुल ५ लाखमा तयार भएको खेल मैदानमा आज देखी स्वास्थको लागी खेल राष्ट्र का लागी खेल मुल नाराका साथ क्षेत्र स्तरिय फुटवल प्रतियोगिता हुने खेल मैदान निमार्ण समितीका अध्यक्ष ज्ञान प्रसाद पाठक सन्तोषले बताउनु भएको छ । क्षेत्र स्तरिय फुटबल प्रतियोगिता मा १६ वटा टिमको सहभागी रहेको आयोजकले जनाएको छ । कालिका युवा क्लब त्रिबेणी सुस्ता ९ को ब्यवस्थापनमा र खेल मैदान निर्माण समितीको आयोजनामा भएको खेल मैदान समुद्घाटन तथा क्षेत्र स्तरिय फुटबल प्रतियोगिता कार्यक्रममा त्रिबेणी सुस्ता गा.बि.सका निबर्तमान गाबिस अध्यक्ष टेक नारायण उपाध्याय,जिल्ला खेलकुद बिकास समिती नवलपरासीका अध्यक्ष कुमार आले,त्रिबेणी महिला अधिकार मञ्चकी सदस्य रनता काफ्ले,कुडिया गाबिसका निबर्तमान अध्यक्ष प्रेमचन्द्र गुप्ता र क्यानल सेन्टर ईग्लिश बोडिङ्ग स्कुलका प्रध्यानाध्यापक राम प्रसाद पाण्डे लगायतले खेलकुद बिकासका लागी आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो । खेल मैदान निर्माण समितीका उपाध्यक्ष ईश्वर प्रसाद उपाध्यायको स्वागत मन्तब्य सहित सञ्चालन भएको कार्यक्रममा कार्यक्रमको सञ्चालन बाल्मिकी जनकल्याण युवा क्लब रुपौलिया ९ महलबारीका पुर्व अध्यक्ष सागरमणी पाण्डेले गर्नु भएको थियो ।