27 C
Kathmandu
Monday, June 21, 2021

संसोधन कुनै हालतमा पास हुन दिन्नौ : एमाले सचिव गुरुङ

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, पौष-२८ , नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले संविधान संसोधन विधेयक राष्ट्रिय स्वाधिनता विपरित भएकाले कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी नवलपुरको पहिलो पुर्ण बैठक विहीबार बोल्दै नेता गुरुङले यस्तो बताएका हन् ।  विदेशीको इसारामा आम जनताको चाहना विपरित गरीने कुनैपनि काममा नेकपा एमालेले साथ नदिने भन्दै पहिले निर्वाचन गराएर मात्र अगाडी बढ्नुपर्ने बताए । प्रदेशको सिमाङकनको विषयमा प्रदेश सभाले निर्णय गर्ने भन्दै अनावश्यक कुरामा सरकार लागिपरेको उनको आरोप छ । नागरिकता र सिमाङकनको विषयमा प्रचण्ड प्रधानमन्त्रि हुनुपुर्व विदेशी शक्तिसंग सहमति गरेकाले मुलुकले अस्थिरता र बेथिती भोग्नुपरेको जिकीर गरे । नेता गुरुङले निर्वाचनका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिदै सत्ता आफ्नो पक्षमा नहुदा काम गर्न नपाईएको भन्दै पहिलो शक्तिकोरुपमा एमाले लाई स्थापित गर्ने तर्फ लाग्नुपर्ने बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्