27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:16

TRENDING .

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत सीईओ ज्ञवाली बर्खास्त , डा. पोख्रेल नियुक्त

- Advertisement -

काठमाडौं, पुस-२७ , सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गरेको छ । र, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोख्रेललाई सीईओमा नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सीईओ ज्ञवालीलाई बर्खास्त गर्दै उक्त पदमा डा. पोख्रेललाई नियुक्त गरेकाे सरकारका प्रवक्ता, सूचना तथा सञ्चारमन्त्री  सुरेन्द्रबहादुर कार्कीले जानकारी दिए।

पोख्रेल यसअघि सुशील कोइराला नेतृत्वको सरकारको पालमा पनि प्राधिकरणको सीर्ईओमा नियुक्त भएका थिए । तर, त्यतिखेर सत्ता साझेदार दल एमाले र प्रमुख विपक्षी माओवादीले पुनर्निर्माण सम्बन्धी विधेयक नै अगाडि बढाउन नदिएपछि पोख्रेलले औपचारिकता पाएका थिएनन् । सीईओ ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणको काममा समन्वय गर्न नसकेको, पुनर्वासको व्यवस्था गर्न नसकेको र अनुदान वितरण गर्न नसकेको भन्दै सरकारले स्पष्टिकरण सोधेको थियो ।

ज्ञवालीको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै पुस २१ गतेको मन्त्रिपरिषद्को बैठकले पदबाट हटाउने निष्कर्ष निकाले पनि महान्यायाधीवक्ताको कार्यालयको राय अनुसार उनलाई पुनः स्पष्टिकरण सोधिएको थियो । पुस २२ गते २४ घण्टे स्पष्टिकरण बुझेका ज्ञवालीले पुस २४ गते ६ पेजको स्पष्टिकरण पत्र दोस्रो पटक बुझाएका थिए । र, बुधबारको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको हो । पूर्ववर्ती सरकारले २०७२ पुस १० गते ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गरेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्