27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:48

TRENDING .

चितवन महोत्सवको उद्घाटन कार्यक्रम जिल्ला स्तरका नेताले किन गरे बहिस्कार ?

- Advertisement -

भरतपुर, पुस-२६, अनिल ढकाल । नारायणी नदी किनारमा चितवन महोत्सवको ११ औं संस्करण सुरु भएको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे । महोत्सवको उद्घाटन हुनुपूर्व सोमबार बिहान विशेष झाँकीसहितको शोभायात्रा निकालिएको थियो । यसैबीच महोत्सवको उद्घाटन सत्र एमाले बाहेकका जिल्ला स्तरका नेताहरुले बहिष्कार गरेका छन् । कार्यक्रम सञ्चालकले जिल्ला स्तरका नेताहरुको नाम ढिलो गरि बोलाएको निंहुमा जिल्ला स्तरका नेताहरुले कार्यक्रम नै बहिष्कार गरेका हुन् । मञ्च अघाडी बसेका काँग्रेस चितवनका सभापति जितनाराण श्रेष्ठ, राप्रपाका चितवनका इन्चार्ज बद्री तिमिल्सेना कायक्रम सञ्चालकले मर्यादक्रम अनुसार आसन ग्रहण नगराएपछि उनीहरु बाहिरिएका थिए । सुरक्षा प्रमुखहरु, न्यायाधिसहरुको नाम आउन थालेपछि यी दुई नेता उठेर हिँडेका थिए । उनीहरु गएलगत्तै उनीहरुको नाम बोलाइएपनि उनीहरु मञ्च गएनन् । १२ दलका जिल्ला स्तरका नेताहरुलाई बोलाइएपनि उनीहरु मञ्चमा देखा परेनन् । एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल भने सांसदको हैसियतमा पहिल्यै मञ्चमा पुगेका थिए । काँग्रेस सांसद रामकृष्ण घिमिरेले आफ्नो भाषणका क्रममा भने, “मलाई केहि प्राविधिक त्रुटि भएजस्तो लाग्यो, राजनीतिलाई अवज्ञा नगरौं ।” उनले उनले जिल्लास्तरका नेताहरुको सम्मान हुने गरि कार्यक्रम तालिका बनाउन अनुरोध गरे । मञ्चमा मन्तव्यका लागि जिल्ला स्तरका नेताहरुलाई बोलाउँदा समेत नेताहरु नदेखेपछि प्रधानमन्त्री दाहाल पनि अचम्ममा परे । उनले भने, “राजनीतिक दलका प्रतिनिधिहरुको नाम बोलाइयो तर कोहि आएनन् ।” उनले आयोजकले त्यस्तो स्थिति बन्न दिनु नहुने बताए । “म आउनुभन्दा पहिल्यै हिड्नु भएछ”, प्रधानमन्त्रीले भने, “तर उहाँहरुले पनि आत्मसमिक्षा गर्नु जरुरी छ ।”

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्