27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 09:11

TRENDING .

नवलपरासी कावासोतीको सुनचाँदी पसल फोरेर १८ तोला सुन चोरी गर्ने गिरोह पक्राउ

- Advertisement -

पुस-२६, खगराज सापकोटा । नवलपरासीको कावासोती १६ डण्डाको मध्यविन्दु सुनचाँदी पसल फोरेर १८ तोला सुनसहित नगद चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कावासोती–९ पुरानो कावासोतीका निसान परियारसहित चारजना रहेको इलाका प्रहरी कार्यालय कावासोतीका नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । उनीहरुले आईतवार राती पसलको ताला फोडेर सुनका गरगहना र नगद तीन हजार चोरी गरेका थिए ।

नायब उपरीक्षक थापाका अनुसार बजारमा हिडिरहेका परियारलाई शंकाको आधारमा सोमबार पक्राउ गरिएको हो । चोरी गरेको सुन परियारले घरमा लुकाएर राखेका थिए । उनीसँगै पक्राउ परेका अरु ३ जनाको भने नाम खुलाईएको छैन अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका परियार एक पटक लागूऔषध र तीन पटक सार्वजनिक मुद्दामा सजाय पाईसकेका हुन् । उनी दुई महिनाअघि मात्र जेलबाट आएका थिए । ‘परियार बाहिर आउने बित्तिकै चोरीका घटना बढेका हुन्, नायब उपरीक्षक थापाले भने,‘यसअघि कावासोती क्षेत्रमा चोरीका घटना भएका थिएनन् । ’ परियार पक्राउ परेपछि कावासोती आसपासको क्षेत्रमा चोरीका घटना नहुने प्रहरीले विश्वास लिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्