27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:43

TRENDING .

सुगरका रोगीहरुका कारण होटलमा ढिडोको माग बढ्यो, ढिडो खान लाईन बस्नुपर्ने

- Advertisement -

पुस-२४, बिबेक भण्डारी, गैडाकोट, मानिसको व्यस्तता बढे संगै पर्याप्त समय अपुग हुदा यतिबेला मानिसहरुमा विभिन्न किसिमका विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखा पदै गएको छ। जस्मध्ये यतिवेला सुगर रोग अर्थात टाइविटिज धेरै जसो मानिसकहरुमा देखा पर्दै गएको छ। मानिसको व्यस्ता , खानपिनमा निश्तिच समय नहुनु जस्ता कारणले मानिसमाहरुमा सुगर रोग बढेको देखिन्छ । सुगर रोग बढे संगै यतिवेला जिल्लामा ढिडोको व्यवशाय भने फस्टाउदै गएको छ। विशेष गरि सुगर रोग लागेकाहरुको रोजाइ नै ढिडो बनेको छ। जिल्लाका विभिन्न स्थानमा संञ्चालनमा रहेका होटलहरुमा यतिबेला ढिडोनै बढि पाक्ने गरेको छ। विशेष गरेर स्वास्थ्यको दृष्टिकोणले पनि ढिडो रोजाइमा परेको देखिन्छ । जिल्लाको गैडाकोट नगरपालिका थुम्सीमा ढिडो व्यवशाय फस्टाएको छ। यहाका पल्पाली ढिडो रेस्टुरेन्ट र पाते ढिडो रेस्टुरेन्टमा ढिडो परिकारको स्वाद लिन अन्य जिलाका  मानिसहरु पनि आउने गरेका छन । स्वास्थ्यको दृष्टिकोणले मात्र नभई यतिबेला फेसनको रुपमा पनि ढिडोको स्वाद लिन आउने गरेको पाल्पाली ढिडो रेस्टुरेृन्टका संञ्चालक अर्जुन पाण्डेले बताउनुभयो । पाण्डेले कहिलेकाही निक्कै भिड हुने गरेको र ढिडो खान आउनेहरु लाइनमा बसेर भएपनि ढिडो खाएरै जानेगरेको समेत बताउनुभयो ।
विगत केहि वर्ष देखि जिल्लाको गैडाकोट नगरपालिका ९ थुम्सीमा रेष्टुरेन्ट सञ्चालन गरेर बस्नु भएका पाण्डेले पहिलेको तुलनामा अतिबेला ढिडोको माग बढेको बताउनुभयो। उहाले विशेष गरि कोदो, फापर, मकै लगातको मिश्रण गरि ढिडो बनाउने गरेको बताउदै ग्राहकको माग अनुसार आफुले ढिडोको परीकार तयार पारि दिने गरेको बताउनुभयो। यतिबेला सडक छेउका प्राय होटलमा  ढिडोको परिकार बनाउदैगरेको प्रसस्त देखिनथालेका छन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्