27 C
Kathmandu
Friday, July 30, 2021

नवलपरासीको मध्यविन्दु नगरपालिकाका युवाहरुको सक्रियतामा बाटो निर्माण

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२५ ,ज्ञानु पंगेनी । नवलपरासीको मध्यविन्दु नगरपालिका ५ रातोडाडाका युवाहरुको सक्रियतामा बाटो निर्माणको काम भएको छ ।
गाउमै रहेका युवा र विदेशमा रहेका युवाहरुले आर्थिक संकलन गरि ३ किलोमिटर बाटो विस्तारको काम गरेका हुन । पटक पटकसम्म सरकारी निकायमा धाउदा पनि वेवास्ता भएपछि युवाहरु एकजुट भएर आर्थिक संकलन गरेर आफैले श्रमदान समेत गरि बाटो विस्तारको काम गरेका हुन ।
बाटो निर्माण युवा समिती स्थापना गरि गाउमा रहेका र विदेशमा रहेका युवाहरुले प्रतेक युवाहरुबाट १० हजार रुपैया संकलन गरि साढे ३ लाख रुपैयाको लागतमा न्युनतम ६ मिटर र आवश्यक परेको ठाउमा ८ मिटर चौडामा बाटो निर्माण गरिएको छ । गोरेटेको रुपमा रहेको सो बाटोलाई पूर्वपश्चिम भोटिखोला चोकदेखि सेतोपानी बटार र दक्षिणतर्फ छाकछुके खोलासम्म विस्तार र व्यवस्थित गरिएको छ ।
गाविस हुदा र नगरपालिका भएपछि पनि पटक पटक बाटो विस्तारका लागि बजेट विनियोजन गर्न माग गरे पनि बजेट विनियोजन नभएपछि युवाहरु मिलेर आर्थिक संकलन अभियान नै थालनी गरि बाटो विस्तारको काम गरेको युवा समितीका संयोजक भरत मल्लले बताए ।
‘पटक पटक सरकारी नियका धायौ तर केहि नभएपछि आफ्नो गाउ आफै बनाउ भन्ने उदेश्य सहित गाउमा भएका युवा र विदेशमा रहेका युवाहरुले प्रतिव्यक्ती १० हजार रुपैया उठाएर कामको थालनी गर्यौ र सफल पनि भयौ । डाडाहरुको कटान, होचो ठाउमा पुर्ने काम भएको छ । ’ मल्लले भने अहिले दुवैमा रहेका युवा प्रदिप खड्काले बाटो निर्माणको लागि फेसबुक मार्फत् गाउका सबै युवाहरुलाई एकजुट बनाई रकम संकलन अभियानको थालनी गरेका थिए ।
‘घरमा आउदा बाटो निर्माणका लागि छलफल बहश हुन्थ्यो , तर काम भने हुन सकेको थिएन । फेसबुकमा परिवार र साथीहरुसंग कुरा हुदा पनि बाटो साघुरो हुदा गाउमा धेरै दुःख भोगिरहनु परेको कुरा आउथ्यो त्यसैले मैले विदेशमा भएका साथिहरुसंग र गाउमै भएका युवाहरुसंग कुरा गरेर आर्थिक संकलन शुरु गर्यौ । अहिले बाटो विस्तारको काम भएको सुन्न र देख्न पाउदा निकै खुसी लागेको छ । ’खड्को भने ।
बाटो साघुरो र ठाउठाउमा खाल्डाखुल्डी हुदा हिडडुल गर्न र सवारी आवत जावत गर्न निक्कै गाह्रो हुने गरेको थियो । बाटो विस्तार भएपछि सजिलो भएका स्थानीय जमुना खड्काले बताईन ।
‘पहिले वेस्सरी गाह्रो थियो , अहिले त निक्कै सुविधा भएको छ । झाडी थियो चोरको डर थियो, अहिले बाटो वारको पार देखिन्छ , बाटो बनेपछि घरघरमा विद्यालयको गाडि पनि आउन थालेको छ । बाटो साघुरो हुदा एम्बुलेन्स पनि आउन सक्दैनथ्यो गाउमा कोहि विरामि भए बोकेरै लैजानु पर्ने बाध्यता थियो अहिले त एम्बुलेन्स पनि आउन थालेको छ । बाटो बनेपछि धेरै सुविधा भएको छ ।’ खड्काले भनिन ।
एकजुट भएमा जस्तोसुकै काम गर्न सकिदो रहेछ भन्ने महशुस भएको बाटो विस्तार समितीका संयोजक मल्ल भन्छन । वर्षाको समयमा रातो माटो भएकाले चिप्लो हुने गर्दछ । सम्बन्धित निकायले पनि बजेट विनियोजन गरिदिए सबै मिलेर ग्राभेल तथा कालोपत्रे गर्ने लक्ष्य रहेको मल्लले बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्