27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 04:06

TRENDING .

नवलपरासीमा करीब १८ तोला सुनको गरगहना चोरी, प्रहरी चौकीबाट १०० मिटरमै भो चोरी

- Advertisement -

पुस-२५ , खगराज सापकोटा । नवलपरासीको कावासोती १६ डण्डा स्थित मध्यविन्दु सुनचादी पसलबाट आईतबार राती करीब १८ तोला बराबरको सुनको गरगहना चोरी भएको छ । चोरले पसलको सटरको ताला फोडेर चोरी गरेको पसल धनी शेर वहादुर सुनार घिमिले जानकारी दिए । सुनको औठी , झुम्का , सिख्री , मंगलसुत्र लगायतका गरगहना चोरी भएको हो । पसल धनी शेरवहादुर सोमवार विहान ८ बजेतिर पसल खोल्न आउदा सटरको ताल फोडेको अवस्थामा देखे र भित्र हेर्दा सुनका गरगहना चोरी भएका थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुषन्धान शुरु गरेको र चोरी गरेको आशंकामा २ जनालाई नियन्त्रणमा समेत लिएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख राजेश थापाले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएकाको नाम भने खुलाएको छैन ।
यसैगरी कावासोती थानाचोक इलाका प्रहरी कार्यालयको १०० मिटर दुरीमा रहेको एभरेष्ट एलेक्ट्रोनिक्समा पनि चोरी भएको छ । एलसिडी टिभी लगायत अन्य एलेक्ट्रोनिक्स सामान चोरी भएको पसलका सन्चालक यम थापाले बताए । चोरिको जानकारी बिहान ८ बजे मात्र भएको हो । प्रहरीले घटनाको वारे अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्