पुस-२५, खगराज सापकोटा । जिल्लामा उद्योग तथा पसल व्यवसाय दर्ता बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म २ सय ६१ नयाँ उद्योग थपिएका छन् । जसमा २ खनिजसम्बन्धी उद्योग छन् ।
त्यसैगरी वाणिज्यतर्फ ६ सय ९७ वटा व्यवसाय दर्ता भएका छन् । गत वर्षको मधेस आन्दोलन र नाकाबन्दीका कारण नयाँ उद्योग दर्ता नहुँदा राजस्वमा गिरावट आएको कार्यालय प्रमुख नन्दलाल पौडेलले बताए । कार्यालयले चालु आबको ५ महिनाको अवधिमा १ करोड २७ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा चार गुणाले बढी हो । गत आर्थिक वर्ष ०७२/७३ को मंसिरमसान्तसम्ममा २६ लाख ६३ हजार ४ सय ३५ मात्र राजस्व संकलन भएको थियो ।