27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

रुपौलिया महिला बहुउद्धेशियको १५ औ बार्षिक साधारण सभा सम्पन्न

- Advertisement -
- Advertisement -spot_imgspot_img

त्रिबेणी, पुष- २४ , श्याम थापा । रुपौलिया महिला बहुउद्धेशिय सहकारी संस्था लि.रुपौलिया ५ रुपौलियाको १५ औ बार्षिक साधारण सभा आज रुपौलिया गा.बि.स कार्यालयको प्राङ्गगणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिकला गिरीको अध्यक्षतामा र रुपौलिया गाबिस सचिव एवम अध्यक्ष शिव प्रसाद सुबेदीको प्रमुख अतिथतामा भएको हो । संस्थाको बार्षिक प्रतिबेदन संस्थाका अध्यक्ष हरिकला गिरीले गर्नु भएको थियो । त्यसैगरि लेखा प्रतिबेदन लेखा सयोजक मन्जु चौधरीले गर्नु भएको थियो भने सस्थाका बार्षिक आय ब्यय कुल २ करोड २० लाख ४३ हजार २ सय ७ रुपैया संस्थाका ब्यवस्थापक ईन्दिरा उपाध्यायले प्रस्तुत गर्नु भएको थियो । सस्थाले कुल ३ लाख ८१ हजार शुद्ध नाफा गरेको संस्थाका अध्यक्ष गिरीले बताउनु भयो । बि.स २०५९ सालमा स्थापना भएको रुपौलिया महिला बहुउद्धेशिय सहकारी संस्थामा कुल ८ सय ८२ जना महिला सदस्य रहेको बताईएको छ । सो साधारण सभामा कार्यक्रममा संस्थाका सदस्य सबिता चौधरी,समितीका सदस्य सरस्वती न्यौपाने,सदस्य डोलावती पाण्डे,संचारकर्मी आरपी उपाध्याय,रेडियो परासीका श्याम थापा,रुपौलिया स्वास्थय चौकी ईन्चार्ज अशोक कुमार पाण्डे र महिला बिकास तथा बालबालिकाको कार्यालयका महिला बिकास निरक्षक राधिका ढकाल लगायतका ब्यक्ताहरुले सहकारीको विविध पक्ष माथी प्रकाश पार्नु भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्