27 C
Kathmandu
Wednesday, August 4, 2021

नवलपरासीका एलडियो सरुवा गरेको भन्दै परासीमा प्रदर्शन

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२४, परासी,  मंसीर २० गते जिल्ला आएका स्थानीय विकास अधिकारी जीवलाल भुसालको सरुवा भएको भन्दै जिल्लाको सदरमुकाम परासीमामा मधेशी मोर्चा र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले आज १ घण्टा राजमार्ग अवरुद्ध पारेका छन् ।
चोरी गरी ल्याइएका नदीजन्य पदार्थ पक्राउ गरेर जरिवाना लगाएपछि स्थानीय विकास अधिकारी भुसाल र योजना तथा प्रशासकिय अधिकृत प्रकाश पंथीको सरुवा भएको हो । भुसाल मंसिरको अन्तिम साता बांके जिविसबाट सरुवा भएर आएका हुन् । अवैध निकासीमा सम्लग्नहरु भुसालले गरीखान नदिएको भन्दै विभिन्न दलका नेता समक्ष सरुवाका लागि मन्त्रालय धाएका थिए । भूसालको शुक्रबार स्थानीय विकास मन्त्रालयले धादिङ जिविसमा काज सरुवा गरेको छ । जिल्लामा स्थानीय विकास मन्त्रालय पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई सरुवा गरीएको छ ।  जिल्लामा मधेशी मोर्चाले भने नयां एलडियो लाई हाजिर हुन नदिने समेत चेतावनी दिएका छन् । मोर्चाले यस अघि पनि प्रमुख जिल्ला अधिकारी लाई भुसालको कामको प्रशंसा गर्दै कुनै पनि हालतमा सरुवा नगर्न माग गरेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्