कावासोती,पुस-२३ । भ्रष्टचार रोकथाम र नियन्त्रण्को लागि भ्रष्टाचार विरुद्धको राष्ट्रिय अभियान नेपालले सबै प्रदेशमा अप्रेशन टोली गठन गरी परीचालन गर्ने भएको छ । भ्रष्टचार रोकथाम र नियन्त्रणका लागि अभियानले बिगत लामो समय देखि जारी राखेको अप्रेसनलाई सबै प्रदेशमा अप्रेशन टोली परीचालन गर्ने र थप प्रभावकारी बनाउने जनाएको छ । भ्रष्टचार विरुद्ध राष्ट्रिय अभियान नेपालको आज कावासोतीको अमलटारी होमस्टेमा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । अभियानको तेश्रेँ राष्ट्रिय अधिवेशन तथा साधारण सभा “हाम्रो काम भ्रष्टचार रोकथाम ” भन्ने मुलनाराका साथ आउदो फागुन २१ र २२ गते गर्ने समेत निर्णय गरेको भ्रष्टचार विरुद्ध राष्ट्रिय अभियान नेपालका अध्यक्ष भविसोर पराजुलीले बताउनु भयो । यस्तै भ्रष्टचार विरुद्ध जनतालाई जागरुक बनाउन देशव्यापी सचेतना कार्यक्रम संचालन गर्ने, देशका विभिन्न भु-भागमा भ्रष्टचार मुक्त क्षेत्र घोषणा गर्न विभिन्न कार्यक्रम संचालन गर्ने लगाएतको निर्णय गरिएको अध्यक्ष पराजुलीले जानकारी दिनु भयो ।