27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:16

TRENDING .

सडक र सदनको संघर्षले नपुगे समानान्तर सरकार चालाउछौ : संघीय समाजवादी फोरम नेता आङ्काजी शेर्पा

- Advertisement -

पुस-२३, बिबेक भण्डारी, संघीय समाजवादी फोरमका नेता आङ्काजी शेर्पाले सर्वस्वीकार्य संविधान नभए स्वायतताका लागि समानान्तर सरकार गठन गरेर सत्तापक्षलाई चुनौती बताउनुभयो । नवलपरासीको केउरेनीमा शनिवार आयोजना गरिएको माघी विशेष साँस्कृतिक कार्यक्रमलाई संवोधन गर्दै वहाँले यस्तो बताउनुभएको हो । संविधान संशोधनको विषयमा बोल्दै नेता शेर्पाले सर्वस्वीकार्य हुने गरि संविधान संशोधनको विकल्प नभएको समेत जिकिर गर्नुभयो । संविधान संशोधनका लागि सडकवाट संघर्ष गर्न आफुहरु तयार रहेको उहाँको भनाई थियो । सडक र सदनवाट गरिएको संघर्षले पनि आफुहरुको आवाज सुनुवाई नभए समानान्तर सरकार गठन गरेर अगाडी बढ्ने बताउनुभयो । नेपालका आदिवासी जनजाति समुदाय हातमा दहि जमाएर बस्न नसक्ने भन्दै उहाँले मुक्तिका लािग आफ्नो अटोट लिनुपर्नेमा जोड दिनुभयो ।

थरुहट तराईपार्टी नेपालका वरिष्ठ नेता तथा सांसद गोपाल दहितले सद्भाव कायम गर्ने पर्वको रुपमा माघी पर्व मनाउने गरिएको बताउनुभएको छ । माघ १ गतेका दिन थारु समुदायले मुक्ति प्राप्त गरेको दिनको रुपमा खुशीयाली मनाउने गरेको समेत बताउनुभयो । माघ १ गतेका दिन नयाँ योजना बनाएर अगाडी बढ्ने गरेका कारण यो दिनलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद दहितले माघी पर्व नाचगान गरेर रमाइलो गर्ने दिन मात्रै नभई समुदायमा एकता र सद्भाव बाड्ने पर्वको रुपमा मनाउने गरिएको जानकारी दिनुभयो ।

२०५९ सालमा उहाँ मन्त्री परिषदमा रहेका बेला माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा विदा दिने निर्णय गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । थारु उत्थान मजदुर संगठन देवचुलिको आयोजनामा आयोजित सांस्कृतिक कार्यक्रममा थारु समुदायको सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रमका संयोजक एवम थारु उद्धान मजदुर संघठनका अध्यक्ष इन्द्रबहादुर महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा थारु समुदायको परम्परागत भेषभूषा, रहन सहन र खानपिनको प्रर्दशन समेत गरिएको थियो । कार्यक्रममा चितवन देखि कैलाली सम्मका थारुहरुको सहभागिता रहेको थियो

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्