27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

चोरीका नदीजन्य पदार्थ समातेपछि एलडिओ र योजना अधिकृतको सरुवा

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी, पुस- २३ । चोरी गरी ल्याइएका नदीजन्य पदार्थ पक्राउ गरेर जरिवाना लगाएपछि नवलपरासीका स्थानीय विकास अधिकारी जीवलाल भुसाल र योजना तथा प्रशासकिय अधिकृत प्रकाश पंथीको सरुवा भएको छ । स्थानीय विकास अधिकारी भुषाल मंसिरको अन्तिम साता बाँके जिविसबाट सरुवा भएर आएका हुन् ।
तीन साताअघि केरुङ्गे खोलामा संकलन गरी ओसारपसार गरिरहेको अवस्थामा २७ टिपरसहित ३० सवारी साधन पक्राउ गरेर ६५ लाख जरिवाना तोकेका थिए । स्मृति निर्माण कम्पनी नारायणी–९ नवलपरासीको नाउँमा जरिवाना तोकेपछि १६ टिपरहरुले ३५ लाख राजश्व बुझाएर छुटेका छन् । अन्य टिपर इलाका प्रहरी कार्यालय कावासोतीमा छन् ।
सवारी साधन पक्राउसँगै भुसालले केरुङ्गे खोलामा संकलन गरी राखेका करिब ३० करोड बराबरको नदीजन्य पदार्थसमेत जफत गरेर लिलाम प्रकृया अघि बढाएका थिए । त्यसपश्चात कारोबारमा संलग्न व्यवसायीहरु केही नेताको सहयोगमा भुषालको सरुवा गराउन मन्त्रालय दौडधुप गरेका थिए । उनको शुक्रबार स्थानीय विकास मन्त्रालयले धार्दिङ जिविसमा काज सरुवा गरेको छ । उनको स्थानमा स्थानीय विकास मन्त्रालय पञ्जीकरण विभागका उपसचिव युवराज कट्टेललाई पठाइएको छ ।
अवैध नदीजन्य पदार्थ चोरी निकासी अभियानमा सहयोग गरेकोभन्दै योजना अधिकृत पंथीलाई मन्त्रालयमा काज सरुवा गरिएको छ । पंथी दुई वर्षअघि जिविसमा आएका हुन् । कर्मचारीहरुको सरुवा गर्ने समय नभएपनि नदीजन्य पदार्थ चोरी अभियानमा सघाएको भन्दै पंथीलाई मन्त्रालय काज सरुवा गरिएको जिविस कर्मचारीले बताएका छन् ।

पंथीको स्थानमा स्थानीय विकास मन्त्रालयका यज्ञ पुरीलाई पठाइएको छ । जिल्लामा सरुवा भएर आउने वित्तिकै मैले राजश्व संकलनलाई पहिलो र विकासका गतिविधिलाई दोस्रो प्राथमिकतामा राखेर मिशन चलाएको थिए तर मेरो मिशनलाई सिमित लाभको पछाडी लाग्ने केही नेताहरु र व्यवसायीहरुको असहयोगले मेरो सरुवा भएको छ । यो प्रवृत्तिले जिल्लाको विकास पछि पर्छ । सरुवा भएर आए लगत्तै भुसालले अवैध नदीजन्य पदार्थ नियन्त्रण गरी जिल्लाको राजश्व बृद्धिमा सहयोग गरेको र उनको सरुवा भए जिविस परिषद्ले आर्थिक वर्ष २०७४/०७४ का लागि सञ्चालन गर्ने योजना र कार्यक्रमसमेत प्रभावित हुने भन्दै संयुक्त मधेसी मोर्चा नवलपरासीले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाएको थियो ।

जिल्लामा हुने अवैध कारोबार नियन्त्रण गरेर करिब ३० करोड बढी जिल्लालाई आम्दानी गराउन सक्रिय रहेकाले स्थानीय विकास अधिकारी भुसालको सरुवाले नवलपरासीको विकासमा अवरोध आएको छ ।’ संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने,‘अवैध सामग्री जफत गर्ने प्रतिबद्धता नजनाएसम्म जिविसमा तालाबन्दी गरेर नयाँ एलडिओलाई हाजिर हुन दिन्नौं ।’ तमलोपाका कार्यबहाक अध्यक्ष पुरन चौधरीले जिल्लाको विकासका लागि काम सुरुवात गरेर प्रशंसा बटुलि रहेका स्थानीय विकास अधिकारीको सरुवाले समग्र राम्रो छवि बटुलेका निजामती कर्मचारीहरुको मनोबल घटाउने काम गरेको बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्