27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 07:39

TRENDING .

नवलपरासीको देवचुली नगरपालिकाद्धारा आगामी आर्थिक वर्षका लागी १७ करोड ४६ लाख माथिको बजेट सार्वजनिक

- Advertisement -

पुस- २३, बिबेक भण्डारी। नवलपरासीको देवचुली नगरपालिकाद्धारा आगामी आर्थिक वर्ष २०७४/७५ का लागी १७ करोड ४६ लाख १६ हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ । नवलपरासीको देवचुलि नगरपालीकाको  आयोजना गरिएको चौथो नगरपरिषदमा उक्त बजेट बराबरको कार्यक्रमहरु सार्वजनिक गरिएको हो । नगरपालिकाका कार्यकारी अधिकृत देविलाल सापकोटाले नगरपालिकाको आगामी वजेट सँगै नीति र कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो । आगामी वर्षका लागि प्रस्तावित बजेटहरु मध्ये भौतिक पूर्वाधार निर्माण, खोनेपानी तथा सरसफाई, विपद् व्यवस्थापन, विद्युत तथा बैकल्पिक उर्जा, सूचना तथा संचार, लैङ्गिक समानता र समाजिक समावेशीकरण, दलित, आदिवासी, जनजाति, जेष्ठ नागरिक, अपाङ्गको क्षेत्रका लागि प्रस्ताव गरिएको हो । प्रस्ताव गरिएको बजेट अनुसारको नीति तथा कार्यक्रहरु समेत समाबेश छन् । प्रस्तावित कार्यक्रमको कार्यान्वयन हुनसके देवचुली नगरपालिकाको समावेशी विकास एवम् सहभागितामुलक पद्धतिमा सहयोग पुग्ने नगरपालिकाका कार्यकारी अधिकृत सापकोटाले बताउनुभयो । कार्यक्रममा नवलपरासी क्षेत्र नं. १ का सांसद एवम् नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले नगरपालिकाको विकासका लागि नगरवासीले पनि यसमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । कोइरालाले नगरपालिका क्षेत्रमा शिक्षा , स्वास्थ्य अनिवार्य हुनुपर्ने बताउनुभयोे । कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्