27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

यस्ता दुइ हस्ती जसले मर्नुभन्दा पहिला नै आफैले उद्घोस गरे जस्तै गरि संसार छोडेर गए

- Advertisement -
- Advertisement -spot_imgspot_img
पुस-२३, खगराज सापकोटा । रङ्गकर्मका महत्वपूर्ण खम्वा ५४ बर्षे रङ्गमञ्च इतिहासलाई रङ्गमञ्चमै छोडेर ६९ बर्षको उमेरमा विष्णुभक्त फुंयालको यहि पुस १९ गते मृत्यु भएको छ । अधिकांश कलाकार भन्ने गर्छन्, ‘अन्तिम सास फेर्नेबेला पनि अभिनय नै गरिरहन पाउँ।’ फिल्म तथा टेलिश्रृंखलाका अभिनेता विष्णुभक्त फुयाँल यस्तै भनिरहन्थे।फुयाल  नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै मञ्चमा नै अन्तिम सास फेरे। नाटकमा राजा जनकको भूमिकामा अभिनय गरिरहँदा उनलाई हृदयघात भयो। उनको जीवन त्यही नाटकको एउटा दृश्य जस्तो हुन पुग्यो। दृश्यमा राजसभा चलिरहेको थियो। सो दृश्यमा राजसभामा चर्को स्वरले बोलिरहेका शाकल्य ऋषि बोल्दाबोल्दै हृदयघात भएर ढल्छन्। राजसभामा भएका मानिसले शाकल्यलाई उपचारका लागि सभाहलबाट उठाउँछन्। त्यहीबेला राजा जनक भन्छन्, ‘शाकल्यलाई राजवैद्यकहाँ चाँडोभन्दा चाँडो पुर्या‍एर उनलाई जिवित तुल्याउनु।’ यसो भनिरहँदा उनी सिंहासनमै बसिरहेका हुन्छन्। हृदयघात भएर ढलेका शाकल्यलाई मन्चबाट उठाएर बाहिर गएकाहरु फेरि मन्चमा फर्कन्छन्। तबसम्म राजसभा शान्त हुन्छ। बाहिरबाट सबै फर्किएपछि राजा जनक सिंहासनबाट उठेर बोल्नुपर्ने हुन्छ, ‘आजको राजसभाले याज्ञवल्क्यलाई ब्रम्हवेत्ताको घोषणा गर्दछ।’ तर त्यो दिन  नाटकको दृश्य फेरियो। कल्पनाको ठाउँ एउटा दुखद यथार्थले लियो। विष्णुभक्त फुयालले ‘आजको राजसभाले याज्ञवल्क्यलाई ब्रम्हवेत्ताको घोषणा गर्दछ’, भन्ने संवाद बोल्न पाएनन्। राजा जनकको भूमिकामा रहेका अभिनेता फुयाँल उठेर सो संवाद बोल्न खोज्दा अचानक मिथिलाका राज्यमन्त्रीको भूमिकामा अभिनय गरिरहेका रामबाबु रिजालको काँधमा ढले। नाटकमा आफैंले बोलेको संवादजस्तै, ढलेपछि उनलाई वीर अस्पताल लगियो। उनको निधन भयो। विष्णुभक्त हामीलाई शेक्सपियरले भने जस्तै यो दुनियाँको मञ्चबाट कलाकारको रूपमा निभाइरहेको भूमिकालाई सक्दै संसारबाट अर्कै एउटा यात्रामा निस्के।

त्यस्तै बलिउड अभिनेता ओम पुरीको गत २१ गते शुक्रबार निधन भएको छ। बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ओम पुरीले दुई वर्ष अगाडि आफ्नो मृत्युका विषयमा भविष्य वाणी समेत गरेका थिए। एक अनलाइनलाई दिएको अन्तर्वातामा ओम पुरीले आफूलाई मृत्युदेखि डर नलाग्ने तर, विरामी हुने हुँ की भन्ने चिन्ताले भने सताउने गरेको बताएका थिए। यतिबेला ओम पुरीमा प्रसंशक र बलिउड फिल्म उद्योग ओम पुरीको शोकमा डुबेको छ।  सो अन्तर्वाताका क्रममा  ओम पुरीलाई पाको उमेर र विरामीका विषयमा प्रश्न सोधिएको थियो।  सो प्रश्नको जवाफ ओम पुरीले यसरी दिएका थिए, ‘मलाई मृत्युदेखि डर लाग्दैन । तर मलाई बिमारीको डरले भने सताउने गर्छ। हामी देख्छौं मानिसहरु लाचार हुन्छन्। विरामीका कारण उनीहरु पूरै अरुमाथि निर्भर हुन्छन्। त्यस्तो अवस्थादेखि मलाई पनि डर लाग्छ । तर मृत्युदेखि डर लाग्दैन। मृत्यु त कतिबेला आउँछ थाहै हुँदैन। मानिस सुतेको सुत्यै जान पनि सक्छ। आज म तपाइँसँग कुरा गर्दैछु, भोलि तपाइँलाई थाहा हुन्छ की ओम पुरीको निधन भयो।’ यति भनेर उनी निकै जोडसँग हाँसेका थिए। भारतीय  संचामाध्यमका अनुसार ओम पुरी विगत केही समयदेखि अस्वस्थ थिए। तर उनी काम पनि गर्दै थिए।  तर बिहीबार   सुतेका  ओम पुरी सुतेको सुत्यै भए। ओम पुरीले भनेका थिए, ‘सुतेको सुत्यै जान पनि सकिन्छ।’ आखिर त्यस्तै भयो, ओम पुरी सुतेको सुत्यै गए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्