27 C
Kathmandu
Wednesday, August 4, 2021

नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी, पुस-२३ । नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ । राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत खानेपानी, शिक्षा, महिला तथा बालबालिका र पशु सेवा तथा स्वास्थ्य मन्त्रालयमार्फत ती जिल्लामा विषयगत कार्यालयबाट पोषण कार्यक्रम सञ्चालनमा भएको हो ।

विशेष गरी एक हजार दिन उमेरका आमा, गर्भवतीदेखि शिशु, दुई वर्ष समय उमेरसम्मका आमा र शिशुलाई आवश्यक पोषण, जन्मिसकेपछि आवश्यक खोप सेवा दिनेबारे प्रचारप्रसार गर्नु सो कार्यक्रमको काम हो ।

सोअनुसार नवलपरासीका रामग्राम नगरपालिकासहित २० गाविसमा कार्यक्रम सञ्चालनमा छ । यसका लागि यस वर्ष करिब रु एक करोड बराबरको कार्यक्रम मन्त्रालयबाट स्वीकृत भइसकेको जिविसका पोषण फोकल पर्सन एवम् कार्यक्रम अधिकृत मोहन ज्ञवालीले बताउनुभयो ।

विसं २०७०–७१(सन् २०१३) देखि नेपालमा सो कार्यक्रम लागू भएको हो । सोअनुसार पहिलो वर्ष छ जिल्ला, दोस्रो वर्ष ११ र तेस्रो वर्ष बाँकी ११ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू छ । रासस

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्