27 C
Kathmandu
Wednesday, August 4, 2021

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा एमाले निकट खतिवडा विजयी, एमालेकै बर्चश्व

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं, पुस- २३ । सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा एमाले निकट सुवास खतिवडाले विजयी हासिल गरेका छन् । खतिवाडले कांग्रेस निकट किशोरजंग थापालाई १० मतले पराजित गरेका हुन् ।

शनिबार बिहान सम्पन्न मत गणनाअनुसार अध्यक्षमा निर्वाचित खतिवडाले १ सय ४२ मत पाएका हुन् । उनका प्रतिद्वन्द्वी थापाले १ सय ३२ मत पाए ।

वरिष्ठ उपाध्यक्षमा कांग्रेस निकट अर्जुन गिरी विजयी भएका छन् । जनजाति उपाध्यक्षमा एमाले निकट अर्जुन राईले जित हासिल गरेका छन् ।

महिला उपाध्यक्षमा कांग्रेस निकट शशिकला दाहाल, मधेसी उपाध्यक्ष निमेष कर्ण विजयी भएका छन् । कर्ण मधेसी दलहरू निकट मानिन्छन् ।

महासविचमा माओवादी केन्द्र निकट गोविन्द देवकोटा विजयी भएका छन् । सचिवमा भने एमाले निकट बन्दना दनुवार विजयी भएकी छन् । कोषाध्यक्षमा विजयी भएका लक्ष्मण खड्का माओवादी केन्द्र निकटका हुन् ।

मतगणनास्थलमा रहेका प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतका अनुसार पदाधिकारीमा अध्यक्षसहित एमालेले तीन, कांग्रेस दुई , माओवादी केन्द्र दुई र एक मधेस निकट दलले जित हासिल गरेका छन् ।

प्रदेश सदस्यहरूमा अधिकांश सदस्यमा एमाले निकट उम्मेदवार विजयी भएका छन् । एक नम्बर प्रदेशमा एमाले निकट बच्चु नारायण श्रेष्ठ, २ मा एमाले निकट अशोक दत्त, ३ मा एमाले निकट कृष्णहरि घिमिरे, ४ मा एमाले निकट शान्ति गुरुङ, ५ मा कांग्रेस निकट केपी घिमिरे, ६ मा एमाले निकट रमेश गौतम र ७ मा कांग्रेस निकट दीर्घराज उपाध्याय विजयी भएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्