पुस-२२, खगराज सापकोटा । नवलपरासीको प्रसौनीका ९ वडामा सक्रिय युवा क्लबहरुलाई २० वटा फुटबल र ५ वटा भलिबल बितरण गरिएको छ । गाउँ खेलकुद बिकास समिति प्रसौनी द्वारा आयोजित एक कार्यक्रममा उक्त खेल सामग्री वितरण गरिएको हो । कार्यक्रम समितीका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षता र जिल्ला खेलकुद बिकास समिती नवलपरासीका अध्यक्ष कुमार आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा तेक्वान्दो संघ नवलपरासी अध्यक्ष धर्मेन्द्र अग्रहरी गाबिस सचिव बसन्त बहादुर जिसि एमाले प्रसौनीका अध्यक्ष तिलकराम देबकोटा काग्रेस सभापति जोगबहादुर चौधरी माओबादी केन्द्र का अध्यक्ष हरि पाण्डे परिबेक्षक चक्रपाणी पाण्डे लगाएत को उपस्थिति रहेको थियो । प्रमुख अतिथी रहेका आलेले बोल्दै यस्तै कार्यक्रम हरु सन्चालन गर्दै जाने हो भने प्रसौनी जिल्लाकै उत्कृष्ट गाउँ खेलकुद समिती हुने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय खेलाडी समेत उत्पादन गर्न सफलताको शुभकामना सहित समितीका अध्यक्ष भुसालको कार्यको प्रसंसा गर्दै प्रोत्साहन स्वरुप तेक्वान्दो संघका अध्यक्ष धर्मेन्द्र अग्रहरीले ब्यक्तिगत १० हजार बराबरको खेलकुद सामाग्री प्रदान गर्ने कुरा समेत घोषण गर्नु भयो । कार्यक्रम समितीका सचिब गिरिराज परियार ले सन्चालन गर्नु भएको थियो भने स्वागत अनिल बस्ताकोटिले गर्नुभयो।
- Advertisement -
- Advertisement -