27 C
Kathmandu
Sunday, April 18, 2021

TRENDING .

नवलपरासीमा प्रदुषण रोक्न माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासी  , पुष – २२, खगराज सापकोटा । प्रदुषण नियन्त्रणको माग गर्दै पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दलदलेमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । मंसीर २६ गते बौलाहा खोला पुल भाचिए पछि खोलिएको बैकल्पिक बाटो धुलाम्य भएर असर गरेको भन्दै स्थानीयले शुक्रबार दिउसो साढे २ बजेदेखी २ः ४५ बजेसम्म सडक अवरुद्ध पारेका हुन् । मध्य नेपाल सामाजिक विकास मञ्च  र देवचुली जेसीसको अगुवाईमा राजमार्ग अवरुद्ध गरीएको हो । पुल भाचिएको १ महिना वित्न लाग्दा समेत मर्मत तथा डाईभर्सन ब्यस्थित गर्न सडक विभाग उदासीन भएको भन्दै दबाब सिर्जना गरीएको स्थानीय ढुण्डीराज के सीले जानकारी दिए । डाईभर्सनमा पानी समेत नराखेर धुलाम्य हुदा स्थानीय लाई समस्या परेको छ । साथै पैदल यात्री , साईकल यात्री र मोटरसाईकल चालक लाई थप समस्या परेको स्थानीयले बताएका छन् । समस्या समाधानका लागि सडक विभागको समयमा नै ध्यान नपुगे थप सर्घषमा जाने स्थानीयले चेतावनी दिएका छन् ।  मंसीर २६ गते  ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पुर्व पट्टिको भागमा ठक्कर दिदा पुल भाचिएको थियो । बाया पट्टीको भाग १ फिट तल पुल लच्कीएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्