27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 05:06

TRENDING .

कार्यालयको कामै छाडेर सरकारी कर्मचारी एमालेको जुलुसमा ! कार्यबाही हुन्छ : मुख्यसचिव सुवेदी

- Advertisement -

काठमाडौ, पुस-२२ । राज्यकोषबाट तलबभत्ता खाने राष्ट्रसेवक कर्मचारीहरु नै कार्यालयमा बसेर नागरिकलाई सेवा नदिई पार्टीको जुलुस र शक्ति प्रदर्शनमा सहभागी भएका छन् । कर्मचारीहरु पार्टीको झण्डा बोकेर सडकमा निस्किएपछि राजधानीका सरकारी कार्यालयका सेवाग्राहीहरु प्रभावित भएका छन् ।

नेकपा एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी, शिक्षकलगायतका राष्ट्रसेवक कर्मचारीहरु कार्यालयको कामै छाडेर सहभागी भएका हुन् । उनीहरु एमालेको झण्डा बोकेर पेशागत महासंघ अन्र्तगतको ”नेकपा एमाले पेशागत बिशेष जिल्ला कमिटी” को ब्यानरमा जुलुसमा देखिएका छन् ।

निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोलानाथ पोखरेल जुलुसको नेतृत्व गर्दै अग्रभागमा देखिएका छन् भने उनीहरुका पछिपछि सरकारी कर्मचारीहरु पार्टीका कार्यकर्ताजस्तै गरी लामवद्ध भएका छन् ।

मुख्यसचिव सोमलाल सुवेदीले राष्ट्रसेवक कर्मचारीहरु दलको झण्डा बोकेर पार्टीको कार्यक्रममा सहभागी भएकोमा कारवाही गर्ने चेतावनी दिएका छन् । कर्मचारीहरु निजामति सेवा ऐनलाई आत्मसाथ गर्छु भनेर सेवामा आएका हुन्, त्यस्तो आचरण विपरीत काम गर्ने कर्मचारीलाई कारवाही हुन्छ । उनीहरुलाई आचरण विपरीत काम गरेवापत कारवाही गरिने मुख्यसचिवले बताएका छन् । उनले भने, मैलेको सहभागी भए देखेको छैन, यदि सहभागी भएको प्रमाणित भयो भने कारवाही हुन्छ । उनले यस विषयमा सामान्य प्रशासन मन्त्रालयसँग कुरा गर्ने समेत बताएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्