पौष २० – नवलपरासी(कासं–जिल्लाको मध्यविन्दु ८ गिरुवारी खोलाको पुलबाट खसेर बुधबार अपरान्न एक पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार पुलमा हिडिरहेका बेला खोलामा खसेर गम्भिर घाईते भएको र उपचारको क्रममा कावासोतीको मध्यविन्दु अस्पतालमा मृत्यु भएको हो । अन्दाजी ३० ÷३५ वर्षको देखीने कालो बर्णको मृतकको नाम , ठेगाना खुलेको छैन् । शव पोष्टमार्टमका लागि चोरमारा स्वाथ्य केन्द«मा राखिएको छ ।