24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

३ बर्षमा निर्माण कार्य सकिने भनिएको पुल सात बर्षमा पनि निर्माण सम्पन्न हुन सकेन, जम्मा २० प्रतिशत काम पुरा

- Advertisement -Flowers in Chania

पौष २०, परासी, मोहम्मद ईजहार शेष । नवलपरासीको बडहरा दुबौलिया गाविसमा निर्माणधिन रहेको झरही खोलको पुल समयमा निर्माण नहुँदा स्थानीयहरु सास्ती खेपेका छन् । ३ बर्षमा निर्माण कार्य सकिने भनिएको पुल सात बर्षमा पनि निर्माण सम्पन्न नहुदा सो क्षेत्रका मानिषहरुलाई नदि पार गर्न समस्या भएको छ ।

भुतहादेखि महेशपुर जोडने सडकखण्डमा पर्ने उक्त पुलको वि.स. २०६६ सालमा तत्कालिन भौतिक योजना तथा निर्माणमन्त्री एवं मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले उक्त पुलको सिलान्यास गर्नु भएको थियो । २५ मिटर लम्बाई र ७ मिटर चौडाई आकारको पुल निर्माणका लागि बिल्डर्स कन्सटक्सन कम्पनीलाई ७ करोड ८० लाख रुपैयामा ३ साल भित्र निर्माण सम्पन्न गर्ने  ठेक्का भएपनि निर्माण कार्य पुरा हुन नसकेको  सडक डिभिजन कार्यालय बुटवलका कर्मचारी राधेश्याम गौंडले बताउनु भयो । सुरुमा बिलडर्स कम्पनीलाई ठेक्का दिईएइको तर सो कम्पनिले काममा ढिलाई गरिरहेको भन्दै अहिले शितलचन्द्र कन्सट्रक्सन कम्पनी काठमाण्डौलाई अहिले ठेक्का लगाईएको उँहाले बताउनु भयो । सो कम्पनिले पनि कहिले भुकम्पको नाममा त कहिले नाकाबन्दी र बिभिन्न आम हडतालको नाममा बहानाबाजी गर्दै निर्माण कार्यमा ढिलासुस्ती गर्दै आएको छ । समयमा पुल निर्माण नहुदा सो बाटो बाट यात्रा गर्ने यात्रुहरु समस्या पाएका छन् भने भुतहां महेशपुर सडकखण्डमा नियमित सवारीसाधन पनि सञ्चालन हुन नसकेको स्थानीय बदरुल हक खानले गुनासो गर्नुभया । सात साल बित्दा पनि पुलको अहिले ५०  प्रतिशत पनि काम पुरा नभएकाल पुल कहिले बन्ला भन्दै स्थानीयहरु दुखेसो पोखेका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्