27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

नवलपरासीको चोरमारामा रंगशाला निमार्णका लागि मध्यबिन्दु महोत्सव हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२०, कावासोती, खगराज सापकोटा । नवलपरासीको मध्यविन्दु नगरपालिका चोरमारामा रंगशाला निमार्णका लागि महोत्सव आयोजना गरीएको छ । यही माघ २१ गते देखी फागुन १ गते सम्म चोरमारा युवा क्ल्बको आयोजनामा महोत्सव हुन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । पुर्वपश्चिम राजमार्गको मध्यभागमा अवस्थित मध्यविन्दु नगरपालिकमा खेलकुद गतिविधी सञ्चालनका लागि व्यवस्थित मैदानको अभाव भएको भन्दै रंगशाला निमार्णका लागि क्लव, संघसस्था र  स्थानीय जुटेका छन् । रंगशाला निमार्णका लागि १ करोड भन्दा बढी रकम लाग्ने  र त्यस्का लागि नगरपालिकाले ३५ लाख र विदेशमा रहेका युवाहरुले २५ लाख रुपैया सहयोग गरेका छन् । थप रकम संकलन र स्थानीय उत्पादन , पर्यटन प्रबर्दनका लागि महोत्तसव आयोजना गरीएको मुल समारोह समितिका अध्यक्ष श्याम पौडेलले जानकारी दिए । महोत्तसवको ५० हजार दर्शकले अवलोकन गर्ने र १ करोड भन्दा बढीको कारोबार हुने अनुमान गरीएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्