27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

अभिभावक गुमायौ : खगराज सापकोटा, नाटकमा जस्तै सधैकालागि ढले कलाकार बिष्णु भक्त फुयाल

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-२०, हुलाकी टिम । कलाकारिताको क्षेत्रले हिजो साँझ एउटा हस्ती अनि अभिभावक  गुमाएको छ । तितो सत्य टेली शृंखलामा “यो माई लो को नामले चर्चा बटुलेका” उनै कलाकार विष्णुभक्त फुयालको मृत्यु प्रति कलाकारिता क्षेत्र यति बेला स्तब्ध भएको छ , कुसुम नाट्य समुहका केन्द्रिय अध्यक्ष समेत रहेका फुयाल को मृत्यु प्रति कुसुम नाट्य समूह नवलपरासीले एक प्रेस बक्तब्य जारी गर्दै आफ्ना केन्द्रिय अध्यक्ष फुयालको मृत्यु प्रति दु:ख ब्यक्त गरेको छ । आज समुहका अध्यक्ष खगराज सापकोटा द्वारा हस्ताक्षरित बक्तब्यमा  फुयालको मृत्युले आफुहरुले अभिभावक गुमाएको महशुस गरेको भनिएको छ ।

fuyal-ba

हिजो साँझ सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरद्धारा आयोजित सत्यमोहन जोशीद्धारा लिखित नाटक ‘महर्षि यज्ञ बैल्क्य’ मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै बेहोस भई ढल्नु भएका फुयाल बेलुका ६ः१० बजे उपचार गर्दा गर्दै वीर अस्पतालमा वहाको मृत्यु भएको हो ।
रङ्गकर्मका महत्वपूर्ण खम्वा ५४ बर्षे रङ्गमञ्च इतिहासलाई रङ्गमञ्चमै छोडेर ६९ बर्षको उमेरमा फुंयालको  मृत्यु भएको छ  ।  फुयालको  शव १० बजे शिक्षण अस्पतालबाट प्रज्ञाभवन कमलादीमा लगिने छ । ११ बजेदेखि २ बजेसम्म प्रज्ञाभवनमा श्रद्धाञ्जलीका लागि राखिने छ । २ बजे प्रज्ञाभवनबाट पशुपति आर्यघाटसम्म शवयात्रा पछि वहाको दाहसस्कार गरिने कुसुम नाट्य समुहाका पुर्व अध्यक्ष बि.पी. भण्डारी ले जानकारी दिनुभयो।

अधिकांश कलाकार भन्ने गर्छन्, ‘अन्तिम सास फेर्नेबेला पनि अभिनय नै गरिरहन पाउँ।’ भदौदेखि जीवनको ८० औं वसन्तमा हिँडिरहेका रंगकर्मी, फिल्म तथा टेलिश्रृंखलाका अभिनेता विष्णुभक्त फुयाँल यस्तै भनिरहन्थे।

सय वर्ष टेक्नै लागेका इतिहासकार तथा नाटककार सत्यमोहन जोशी लिखित तथा बद्री अधिकारी निर्देशित नाटक ‘याज्ञवल्क्य’ मा अभिनय गर्दागर्दै मञ्चमा नै अन्तिम सास फेरे। नाटकमा राजा जनकको भूमिकामा अभिनय गरिरहँदा उनलाई हृदयघात भयो। उनको जीवन त्यही नाटकको एउटा दृश्य जस्तो हुन पुग्यो। दृश्य यस्तो थियो।

दृश्यमा राजसभा चलिरहेको थियो। सो दृश्यमा राजसभामा चर्को स्वरले बोलिरहेका शाकल्य ऋषि बोल्दाबोल्दै हृदयघात भएर ढल्छन्।

राजसभामा भएका मानिसले शाकल्यलाई उपचारका लागि सभाहलबाट उठाउँछन्। त्यहीबेला राजा जनक भन्छन्, ‘शाकल्यलाई राजवैद्यकहाँ चाँडोभन्दा चाँडो पुर्या‍एर उनलाई जिवित तुल्याउनु।’

यसो भनिरहँदा उनी सिंहासनमै बसिरहेका हुन्छन्। हृदयघात भएर ढलेका शाकल्यलाई मन्चबाट उठाएर बाहिर गएकाहरु फेरि मन्चमा फर्कन्छन्। तबसम्म राजसभा शान्त हुन्छ। बाहिरबाट सबै फर्किएपछि राजा जनक सिंहासनबाट उठेर बोल्नुपर्ने हुन्छ, ‘आजको राजसभाले याज्ञवल्क्यलाई ब्रम्हवेत्ताको घोषणा गर्दछ।’

तर आज, नाटकको दृश्य फेरियो। कल्पनाको ठाउँ एउटा दुखद यथार्थले लियो। विष्णुभक्त फुयालले  ‘आजको राजसभाले याज्ञवल्क्यलाई ब्रम्हवेत्ताको घोषणा गर्दछ’, भन्ने संवाद बोल्न पाएनन्। राजा जनकको भूमिकामा रहेका अभिनेता फुयाँल उठेर सो संवाद बोल्न खोज्दा अचानक मिथिलाका राज्यमन्त्रीको भूमिकामा अभिनय गरिरहेका रामबाबु रिजालको काँधमा ढले।

नाटकमा आफैंले बोलेको संवादजस्तै, ढलेपछि उनलाई वीर अस्पताल लगियो। उनको निधन भयो। विष्णुभक्त हामीलाई शेक्सपियरले भने जस्तै यो दुनियाँको मञ्चबाट कलाकारको रूपमा निभाइरहेको भूमिकालाई सक्दै संसारबाट अर्कै एउटा यात्रामा निस्के।

हुलाकी टिम वहाको आत्माको शान्ति तथा बैकुण्ठ बासको कामना गर्दछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्