27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:07

TRENDING .

नवलपरासीमा अस्थाई साधन प्रयोग गर्नेको संख्या बढ्यो

- Advertisement -

पुस-१९, बिबेक भण्डारी। नवलपरासीको देवचुलिनगरपालिका तथा यस आसपासको क्षेत्रमा अस्थाई साधन प्रयोग गर्नेको संख्या बृद्धि भएको दुम्कौली स्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ। पहिलेको तुलनामा अहिले अस्थाइ अस्थाई साधन प्रयोग गर्नेको संख्यामा उल्लेखनिय बृद्धि भएको स्वास्थ्य केन्द्रले जनाएको छ । जनचेतना र शिक्षाको विकास संगै प्रजनन स्वास्थ्यप्रति नागरिकहरुको चासो बढ्दै गएको देखिएको छ । पछिल्लो समय परिवार नियोजन गर्नेहरुको संख्या बढेको स्वास्थ्य केन्द्रले जनाएको छ । प्रजनन स्वास्थ्यप्रति चासो राख्ने र स्थाई तथा अस्थाई परिवार नियोजनका साधनको प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको दुम्कौलि प्राथमि स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक छविलाल सुबेदीले जानकारी गराउनुभयो । यसले नागरिकहरुमा चेतनाको स्तर बढेको देखाएको र औषधी सेवन र यसको असर बारेमा पनि नागरिकको चासो बढेको पाईएको सुवेदिले बताउनुभयो । सुवेदीले नेपाल सरकारको तर्फबाट गर्भ निरोधक स्थाई तथा अस्थाई सबै परिवार नियोजन सम्बन्धि औषधीहरु प्रदान गरिने बताउदै दुम्कौलि प्राथमिक स्वास्थ्य केन्द्रमा परिवार नियोजन प्रयोगको दर बढ्दो क्रममा रहेको बताउदै ५२ प्रतिशतको हाराहारीमा पुगेको बताउनुभयो । दुम्कौलि स्वास्थ्य केन्द्र मार्फत विभिन्न गाउँघर क्लीनिकहरुमा पनि अस्थाइ साधन पु-याउने र त्यहि बाट पनि यसको सेवा लिन सकिने स्वास्थ्य केन्द्रले जनाएको छ । पहिले पहिले अशिक्षा तथा जनचेतना अभावका कारण अस्थाइ साधनको प्रयोग गर्नेको संख्या न्युन भए पनि यतिबेला अस्थाई साधन प्रयोग गर्नेको संख्या बृद्धि भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । अहिले स्स्वास्थ्य केन्द्रमानै आएर परामर्श लिनेको पनि संख्या बृद्धि भएको स्वास्थ्य केन्द्रले जनाएको छ । अस्थाई साधन अन्तरगत पुरुषले प्रयोग गर्ने कण्डम , महिलाहरुको लागि डिकोट , पिल्स , कपर्टि, इम्प्लान्ट लगायतका रहेका छन ।  दुम्कौलि प्राथमिक स्वास्थ केन्द्रकी सिनियर अनमी कौशिल्या क्षेत्रीले हाल सम्म स्वास्थ्य केन्द्रबाट अस्थाई साधन प्रयोग गर्नेको संख्या करिव ७ सय पुगेको बताउनुभयो ।वहाले महिलको हकमा डिकोट प्रयोग गर्नेको संख्या १९८ , पिल्स चक्कि प्रयोग गर्नेको संख्या ५९ , कपटि प्रयोग गर्नेको संख्या १८७ , इम्प्लनन्ट प्रयोग गर्नेको संख्या १६४ रहेको बताउनुभयो । जिल्लाको तुलनामा हेर्ने हो भने पनि प्रजनन तथा गर्भ निरोधका साधनबारे चासो राख्ने तथा परामर्श लिनेको संख्या पनि बढेको देखिन्छ । पहिले अशिक्षा र जनचेतनाको अभावका कारण परिवार नियोजन साधन प्रयोग गर्ने कम मात्रामा भए पनि अहिले भने परिवार नियोजनका स्थाई वा अस्थाई साधन प्रयोग गर्नेको संख्या बढेको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्