27 C
Kathmandu
Wednesday, August 4, 2021

नवलपरासीको कावासोती नगरपालिकाको योजना तथा बजेट प्रति चौतर्फी आलोचना

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-१९, खगराज सापकोटा , कावासोती नगरपालिकाले सोमबार प्रस्तुत गरेको बजेट प्रति अर्थविदहरुले तर्जुमा सिद्वान्त र विधिको सामान्य नियम समेत पालना नगरेको  टिप्पणी गरेका छन् ।

कावासोती नगरपालिकाको चौथौं नगरपरिषद महत्वकांक्षी योजनाहरु छनौट गर्दै सोमबार सकिएको हो । कावासोती नगरपालिकाका कार्यकारी अधिकृत हरिलाल पुरीले कावासोती नगरपालिकामा भएको नगरपरिषदमा आर्थिक बर्ष २०७४।०७५ को लागि २० करोड १३ लाख बजेट पेश गर्नुभएको थियो ।

पेश गरिएका अधिकांश ६०/४० का योजना बाटो, सडक पीचमा छुट्याइएको छ । २०७४/०७५ मा पेश गरिएका बजेट नीति तथा कार्यक्रममा आयतर्फ आन्तरिक आय ३ करोड रुपैयां र वाह्य आयतर्फ १७ करोड १३ लाख हुने अनुमान गरिएको छ । त्यस्तै चालु तर्फ ९ करोड ६९ लाख ५० हजार र पूंजिगततर्फ १० करोड ४३ लाख ५० हजार खर्च गरिने भएको छ ।

यो बजेट हचुवाको भरमा आएको देखिन्छ अर्थविद तथा कुमारवर्ती वहुमुखी क्याम्पस प्रमुख झपेन्द्रश्वर भुसालले बजेट तर्जुमा गर्दा पालना गर्ने विधिको सामान्य नियम पनि प्रयोग भएन ।  बजेट तर्जुमा एक वर्षको भनिएता तीन वर्षको योजनालाई समेट्नुपर्छ । पहिलो एउटा विगतमा सञ्चालित योजनाको समिक्षा, वर्तमान समावेश  र आगामी वर्षको योजना तथा कार्यक्रमाई ख्याल गर्नुपर्छ प्रमुख भुसालले भन्नुभयो “प्रगतिको समिक्षा भएको पाईएन ।

अनुमानित आय व्यव २०७४/०७५ बजेट प्रस्तुत भयो तर ०७५/०७६ त्यसको अवश्था के होला भन्ने अनुमान पनि पाईएन ।  आयोजनाहरुको ईम्प्याक्ट एनालाईसिस पनि भएन र त्यस आयोजनाले पारको प्रभावको वारेमा नगरवासी अनविज्ञ हुन्छ । बजेट प्रस्तुत गर्दा पर्याप्त गृहकार्य गरेका देखिदैन उहाको भनी थियो , उहांले –कावासोती नगरको दिर्घकालिन भिजन लिनुपर्ने हो त्यो पाइदैन ।   बजेटमा चालु खर्च र पुंजिगत खर्च हेर्दा वान ईच टु वान नै छ । यसले के देखाउछ भने पुंजी गत खर्च न्यून छ सञ्चालन खर्च बढी । यसलाई हेर्दा  यसले पूर्वधारको खर्च सम्भव छैन । सञ्चलन खर्चमा भारी खर्च ।पुंजीगत खर्च बढी अर्थसास्त्रको नियम अनुसार यो शुभ संकेत होईन भुसालले भन्नुभयो ।

           कावासोती खानेपानी उपभोक्ता समितिका अध्यक्ष विष्णु भुसालले नगरपालिकाले हतार हतारमा योजना ल्याएको देखिएको बताउनुभयो । समग्रमा यो योजना, बजेट तथा कार्यक्रम कार्यान्वयन हुने देखिदैन उहांले भन्नुभयो– तर्जुमा गर्दा विषय विशेषज्ञहरुसंग परामर्श लिएको भए हुन्थ्यो ।  भुसालले राजनीतिक दलका संयन्त्रले पनि यस विषयमा ध्यान पु-याउन नसकेको दावी गर्नुभयो । उहांले कावासोती नगरपालिकामा ठोस नीति तथा कार्यक्रम सञ्चालन गर्न नसकेको आरोप लगाउनुभयो ।  नगरपालिका भित्र कार्यरत गैर  सरकारी संघ/संस्थाको बजेट समावेश नगरको, खोला, जंगल र विभिन्न क्षेत्रको कर संकलनका लागि नीति कार्यक्रमले समेट्न सकेको छैन । अघिल्लो वर्षमा नगरपालिकाको भवन निर्माणका लागि मन्त्रालयबाट आएको १ करोड बजे फ्रिज भएको र आगामी दिनमा पनि नगर सभाहल बनाउने, फोहोर व्यवश्थापनको दिगो र स्पष्ट कार्यक्रम नआएको भुसालले बताउनुभयो ।
नवलपरासी प्रमुख जिल्ला अधिकारी उदय वहादुर रानाले कावासोती नगरपालिकाको आर्थिक वर्ष  २०७४/०७५ को बजेट उपयुक्त नभएको  टिप्पणी गर्नुभएको छ । नगरपालिकाको ३ करोड आन्तरिक आम्दानीमा, झण्डैं दुई करोड भन्दा बढी प्रशासनिक खर्च देखिनु राम्रो होइन सिडियो रानाले भन्नुभयो– ‘यसरी हेर्दा न्यूनतम बजेट मुल्याङ्कन (एमसिपिएम) मा पास हुंदैन।’ एमसिपिएम फेल भयो भने नगरपालिकामा अनुदानको श्रोत घट्न सक्छ । यसप्रति ख्याल गर्नु आवश्यक छ उहांले भन्नुभयो ।
नगरपालिकामा आगामी वर्ष देखि एकीकृत सम्पत्ति कर लागु गर्ने योजना बनाएको अवश्थामा मालपोत तथा भूमि सुधार कर शुन्य हुनेछ भनि आंकलन गरिएको विषय नमिल्दो रहेको सिडियो रानाले बताउनुभयो । टेक्निकल कुरा हामीले ध्यान दिनुपर्छ । किनकी आगामी वर्ष देखिएकीकृत सम्पत्ति कर लागु गर्ने योजना बनाईरहदा अहिले उठिरहेको बक्यौता राजस्व पचास प्रतिशत भन्दा बढी उठ्न सक्छ उहांले भन्नुभयो–यो शंसोधन गर्न आवश्यक छ ।
नवलपरासी क्षेत्र नम्बर २ का सांसद जीवन श्रेष्ठले कावासोती नगरपालिकाको नीति, बजेट तथा कार्यक्रम तर्जुमा प्रकृयामा आफ्नो भूमिकाकै विषयमा अन्यौल भएको बताउनुभयो । सांसद श्रेष्ठले नगरपालिकाको नीति, योजना तथा कार्यक्रम बन्दा आफुसंग कुनै सल्लाह नभएको गुनासो गर्नुभएको छ । सांसद श्रेष्ठले सोमबार नगरपरिषदमा नीति, बजेट र कार्यक्रम सार्वजनिक गरे पनि त्यस भित्र कस्तो नीति र  कार्यक्रम छ भन्ने कुनै जानकारी नभएको बताएका थिए । स्थानीय निकायमा दुई दशक देखि जनप्रतिनीधि नभएको अवश्थामा सांसद नै जनप्रतिनीधि भएको दावी गर्दै सांसद श्रेष्ठले स्थानीय जिल्ला, नगर, गाविसमा आफुहरुसंग समन्वय नगरेको उहांको भनाई छ ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news