24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

थरुहटद्वारा दोश्रो चरणको आन्दोलन घोषणा, आम सभा देखी आम हड्ताल सम्मका कार्यक्रम

- Advertisement -Flowers in Chania

धनगढी- कैलाली, कञ्चनपुर सहित थरुहट प्रदेश हुनुपर्ने मागगर्दै थरुहट/ थारुवान पक्षले दोश्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। माग पुरा नभए स्थानीय तहको निर्वाचन हुन नदिने उनीहरुको चेतावनी छ।

सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्षेत्रीय भेला, जनजागरण कार्यक्रम, आमसभा देखि बन्द, हड्तालका कार्यक्रम घोषणा गरिएको कैलाली, कञ्चनपुर थरुहट/थारुवान संयुक्त संघर्ष समितिका संयोजक प्रभातकुमार चौधरीले बताए।

आन्दोलनलाई सशक्त पार्नकालागि कैलाली, कञ्चनपुर थरुहट/ थारुवान संयुक्त संघर्ष समिति समेत गठन गरेको उनले बताए। ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरेर कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नु पर्ने हाम्रो माग हो ‘उनले भने।

संविधान संशोधन प्रकृयामा थारुका मुद्दालाई सम्बोधन नगरिएकाले दवाव दिनका लागि आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाइएको उनको भनाई छ।

आन्दोलनको औचित्यबारे तल्लो तह सम्म जानकारी दिन पुस २७ गते सम्म कैलाली, कञ्चनपुरका सबै क्षेत्रमा थरुहट भेलागर्ने, माघ महिनाभरी सांस्कृतिक कार्यक्रम मार्फत जनजागरण अभियान संचालन गर्ने, आन्दोलनको पक्षमा भित्ते लेखन गर्ने, माघ १५ गते धनगढीमा वृहत आमसभा गर्ने कार्यक्रम थरुहट पक्षले सार्वजनिक गरेको छ।

यसैगरी माघ १८ गते सम्म प्रत्येक क्षेत्रमा विरोध प्रदर्शन गर्ने र त्यति बेला सम्म पनि माग सुनुवाईमा सरकार र राजनीतिक दलहरु गम्भीर नभएपछि माघ २० र २१ गते कैलाली–कञ्चनपुरमा आम हड्ताल गर्ने कार्यक्रम रहेको उनले बताए।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्