27 C
Kathmandu
Thursday, April 15, 2021

TRENDING .

नवलपरासीको गैडाकोटमा मृत अवस्थामा गैडा फेला प-यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

पुस-१८, बिबेक भण्डारी,  नवलपरासी गैडाकोटमा गैडा मृत अवस्थामा फेला परेको छ । गैडाकोट-७  गैरीका  ओमकान्त सापकोटाको बारीमा मरेको अवस्थामा उक्त बयस्क गैडा भेटीएको हो । स्थानीयले विहान गैडा देखेर हल्ला खल्ला गर्दा समेत गैडा नचलेपछि गैडा मरेको पत्ता लागेको हो । सापकोटाको मकैबारीमा मकै खाँदाखाँदै मृत्यु भएको स्थानीयको अनुमान छ । मुकुन्दसेन इलाका वन कार्यालयका सहायक वन अधिकृत इश्वर वाग्लेले दीर्घकालिन विषादीको असरले गैँडा मरेको हुन सक्ने अनुमान गर्नुभएको छ । स्थानीय, प्रहरी प्रशासनले मुचुल्का उठाएपछि गैडालाई राष्ट्रिय निकुञ्जबाट आएको चिकित्सक टोलीले पोष्टमार्टम गर्ने छ  । वाग्लेका अनुसार पोष्टमार्टमका लागि गैडाकोट थुम्सी नजिकै रहेको गुम्बा पछाडिको खाली स्थानमा लगेर पोष्टमार्टम गरिने र त्यस पश्चात मात्रै गैँडाको मरेको कारणका बारेमा आधिकारीक रुपमा भन्न सकिने बताए ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्