27 C
Kathmandu
Friday, July 30, 2021

अग्रेजी बर्षको पहिले दिनलाई ढाका टोपी दिवसनै घोषणा गर्न सरकार संग युवाहरुको माग

- Advertisement -
- Advertisement -spot_imgspot_img
कावासोती, पुस-१७, खगराज सापकोटा । नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोतीका अध्यक्ष योग प्रसाद रिजाल आइतबार बिहान निकै खुसी थिए । कारण थियो, बजारमा निस्कँदा सबै युवाको शिरमा ढाका टोपी थियो । धार्मिक एवं राष्ट्रिय पहिचान दुबै पक्षबाट महत्वपूर्ण मानिने ढाका टोपीमा सवै युवा सजिएको देख्दा रिजाललाई आफ्नो युवाकालको याद आयो । ‘हामी युवा हुँदा गाउँका सबै पुरुषको शिरमा ढाका टोपी हुने गर्दथ्यो तर अहिले बूढापाकाले मात्र ढाका टोपी लाउने हो भन्ने दिन आयो’ रिजालले भने । उनका अनुसार ढाका टोपी लाउनुको अर्थ अरुसँग नझुक्ने र सूर्यका परबैजनी किरणलाई सिधैँ टाउकोमा पर्न नदिने हुँदा यस्को वैज्ञानिक महत्व समेत छ । ढाका टोपी दिवसकै अवसरमा कावासोतीका युवाले सार्वजनिक कार्यक्रममा ढाका टोपी लगाउने प्रतिबद्धता जनाएपछि त रिजाल थप खुसी देखिन्थे । कावासोती क्षेत्रका युवा उद्यमी, विभिन्न सामाजिक संघ संस्था, शैक्षिक क्षेत्रमा आबद्ध युवाहरुले नेपालीको मौलिक पोशाक दौरा सुरुवाल र टोपी हराउँदै गएको भन्दै यस्को संरक्षण र भावी पुस्तालाई आफ्नो चिनारी हस्तान्तरणका लागि पनि टोपी लगाउने परम्पराको संरक्षण गर्न भन्दै यस्तो प्रतिबदता ब्यक्त गरेका हन् । नवलपुर नवलपुर एफ.एम. मा आयोजित युवामा ढाका टोपीको आकर्षण र यसको महत्व विषयक अन्तर्क्रियामा सहभागी युवाहरुले यस क्षेत्रमा हुने सार्वजनिक कार्यक्रममा ढाका टोपी लगाउने प्रतिबद्धता ब्यक्त गरे । ढाका टोपी लगाउँदा बूढोमान्छे भनेर जिस्काउने भन्दै यसको महत्वबारे युवाहरुमा जानकारी दिनाउन समेत यस क्षेत्रका युवा कस्सिएका छन् । लुम्बिनी उच्च मावि कावासोतीका सहायक प्रधानाध्यापक त्रिभुवन तिवारीले मौलिक पोशाकको संरक्षणका लागि विभिन्न समुदायका विद्यार्थीहरुलाई आ–आफ्नो चाडवर्पको अवसरमा मौलिक पोशाक लगाएर विद्यालय आउने वातावरण मिलाउने बताए । युवाहरुको यो अभियानलाई सरकारले ढाका टोपी दिवस नै घोषणा गर्न युवाहरुले माग समेत गरेका छन् ।
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्