नवलपरासी , पुस-१६ । पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको १० औं अबिधेशनमा नवलपरासीबाट सेक्टर उपाध्यक्ष र महासचिब सहित ४ जना बिजयी भएका छन् । पुस १३ र १४ गते बुटवलमा सम्पन पश्चिमाञ्चल यातायात ब्यवसायी समितिको १० औं अबिधेशनबाट टिकाराम गौतमको प्यानल भारी मतका साथ विजयी भए संगै सेक्टर उपाध्यक्षमा सुनवलका खिमबहादु थापा (नारायण) , महासचिबमा सुनवलकै हरी प्रसाद कडेंल , कार्यसमिति सदस्यमा बदर्घटका रमेश फैजदार र सदस्यमै कावासोतीका प्रशुराम भण्डारी (रामु) अध्याधिक मतले बिजय भएका हुन् । बिजयी भएका ४ जना सगै अध्यक्षमा बुटवलका टिकाराम गौतम बिजयी भएका थिए । सेक्टर उपाध्यक्षमा बिजयी भएका नवलपरासीका खिमबहादु थापा (नारायण)ले आफ्ना प्रतिदव्न्दी खुमबहादुर बिसि (गोबिन्द) लाई ११७ मत अन्तरले पराजित गदै सेक्टर उपाध्यक्षमा बिजय भएका हुन् । त्यस्तै महासचिब बिजयी भएका कडेंलले आफन्ना प्रतिदन्दी कमल घिमिरेलाई ३९८ मत अन्तरले पराजितगदै महासचिबमा बिजयी भएका हुन् ।
त्यस्तै कार्यसमिती सदस्यमा बिजयी भएका रमेश फैजदार ५०३ मत र अर्का कार्यसमिती सदस्यमा बिजयी भएका प्रशुराम भण्डारी (रामु) ले ५१६ मत प्रप्त गदै बिजयी भएकोको हो । कार्यसमिती सदस्य फैजदारको बिपक्षिमा उठेका नारायण भण्डारीले २९१ प्रप्त गरेका थिए भने अर्का कार्यसमिति सदस्य प्ररशुराम भण्डारी (रामु)को बिपक्षिमा उठेका खगेश्वर काफ्लेले ३३४ र रमेश खनालले ३१४ मत प्रप्त गरेका थिए । बिजय भएकालाई आईतबार बुटवलमा निवार्चन समितीले बिजय भएको प्रमाण पत्र दिने कार्यक्रम छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
