27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 08:39

TRENDING .

यस कारण संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भन्न थाल्यो ‘दाहालको विकल्प छैन’

- Advertisement -

संविधान संशोधनका पक्षमा दुई तिहाइ पुग्ने भारतीय राजदूत रन्जित रेको आश्वासनपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सांकेतिक विरोधसँगै संशोधन विधेयकका पक्षमा मतदान गर्ने भएको छ।

राजधानीमा बिहीबार सुरु भएको मोर्चाको बैठकअघि बिहान भारतीय राजदूतावासमा राजदूत रेको मन्त्रणा लिई फर्केका मोर्चाका शीर्ष नेताहरू यो निर्णयमा पुगेका हुन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

राजदूत रेले उनीहरूलाई आफू एमालेसँग अनौपचारिक सम्पर्कमा रहेको र एमालेले संशोधनको समर्थन नगरे पनि प्रस्तावका पक्षमा संसद्मा दुई तिहाइ पुग्ने दाबी गर्दै मतदानमार्फत सरकारलाई समर्थन गर्नसमेत आग्रह गरेको स्रोतले बतायो।

अहिलेलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा भारत नभएको धारणासमेत रेले उनीहरूलाई बताएका थिए। राजदूत रेको ब्रेक फास्टमा तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव सहभागी थिए।

तमसपाका सहअध्यक्ष रामनरेश रायले बिहीबार बिहान मोर्चाका नेताहरूलाई राजदूत रेले ब्रेक फास्टमा बोलाएको पुष्टि गरे।

उनले भने, ‘यो बैठकमा संशोधन, नेपालको विद्यमान राजनीति परिस्थितिका बारेमा छलफलभन्दा अरू के नै हुन सक्छ र ? यिनै विषयमा परामर्श भएको हो।’ ब्रेक फास्ट बैठकका कारण तमलोपाको केन्द्रीय कार्यालयमा शीर्ष बैठकको पहिलो दिन बिहीबार पूर्वनिर्धारित समयभन्दा एक घन्टा ढिलो गरी मध्याह्न १२ बजे मोर्चाका नेतात्रय बैठकस्थल पुगेका थिए।

उनीहरूले मोर्चा बैठकमा ब्रेक फास्ट बैठकबारेमा केही जानकारी दिएका थिएनन्। नेतात्रयले मोर्चाका दोस्रो तहका नेतालाई बैठकबारे सामान्य जानकारी दिँदै संशोधनका पक्षमा लचकता अपनाउनुपर्ने लाइन आफूहरूले तय गरेको जानकारी दिए।

दोस्रो दिनको शीर्ष बैठकमा महतो र यादव सहभागी थिएनन्। उनीहरू सहभागी नहुनुका कारणबारेमा स्रोतले भन्यो, ‘ब्रेक फास्टमा विरोधका कार्यक्रम नल्याउने सहमति गरी फर्केका नेताले युवाले भरिएको बैठकमा विरोधका कार्यक्रम रोक्न नसकेर सहभागी नभएका हुन्।’

दोस्रो तहका नेताहरूको दबाबमा मोर्चा बैठकले संशोधन प्रस्ताव पारित नभए कुनै पनि निर्वाचन बहिष्कार गर्ने, प्रस्तावित संशोधन विधेयक परिमार्जन हुनुपर्ने, एमालेका गैरसंसदीय क्रियाकलापको विरोध गर्नुका साथै संशोधन परिमार्जन गरी पारित नगर्न सोमबार खबरदारी सभा गर्ने निर्णय गरेको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्