पुस-१५, गैडाकोट, बिबेक भण्डारी
नवलपरासीको गैडाकोट नगरपालिका १७ का महिलाहरु च्याउ खेति गरि मनग्य आम्दानि गर्न सफल भएका छन । जिल्लाको गैडाकोट नगरपालिका १७ का महिलाहरुले समुह नै गठन गरि च्याउ खेति सुरु गरेका छन । सुनगाभा कृषक महिला समुहको नामबाट दर्ता गरि संञ्चालनमा रहेको समुहले त्यस क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर गराउने र आम्दानिको स्रोत निर्माण गर्न च्याउ खेति तर्फ लागेका हुन । पहिले आफुहरुले च्याउ उत्पादन तालिम लिए पश्चात आफुहरुले समुह नै गठन गरि च्याउ खेति गरिदै आएको समुहमा आबद्ध महिलाहरुले बताएका छन । आफुहरुले केवल श्रीमानको खर्चमा मात्र बस्नु भन्दा आफुहरु पनि खालि समयको सदुपयोग गदै च्याउ खेति तर्फ लागेको समुहमा आबद्ध च्याउ खेति गदै आएका महिलाले बताए । च्याउ खेति गर्न त्यति समस्या पनि नहुने साथै घरको नजिकै च्याउ खेति गदै आएको हुदा घरको काम संगै च्यो खेति तर्फ पनि लागेको उनिहरुको भनाइ छ । सुरुमा च्याउ खेति कसरी गर्ने भन्ने सम्बन्धमा समुहको नेतृत्व गदै एक जना महिला केन्द्रिय स्तरमा गई तालिम लिए पश्चात गाउमा आई अन्य महिलाहरुलाई पनि च्याउ खेति सम्बन्धि जानकारी दिए पश्चात च्यो खेति सुरु गरेको सुनगाभा कृषक समुहमा अबद्ध भई च्यो खेति गदै आउनुभएकी जमुना पौडेलले बताउनुभयो ।
२० जना सदस्य आबद्ध सो समुहमा अहिले ५ जनाले मात्र च्याउ खेति गदै आएका छन भने अन्य सदस्यले पनि आयआर्जन मुलक कार्य गदै आएका छन । च्याउ खेति गदै आएका महिलाहरुले थोक तथा खुद्धा रुपमा च्याउ बेच्ने गरेको बताउछन । आफुहरुले किलोको २ सय रुपैयाका दरले बेच्ने गरेको च्यो खेति गदै आएकि राधिका कडेलले बताउनुभयो । कडेलका अनुसार सिजनमा १ लाख ५० हजार सम्म च्याउ बेच्ने गरेको बताउनुभयो ।
महिलाहरुमा यति बेला आफुहरुले पनि केहि गर्र्नु पर्छ भन्ने सोचको विकास भएको छ। समयको दुरुपयोग भन्दा सदुपयोग गर्नु पर्छ भन्ने सोचको विकास भयो भने महिलाहरुले पनि केहि गर्न सक्छन । यसैको एउटा उदाहरण बनेका छन गैडाकोट १७ का सुनगाभा कृषक समुहका महिलाहरु । यसरी महिलाहरुको क्षमता विकास र केहि गछु भन्ने सोचलाई राज्यको तर्फबाट पनि हेरीनु आवस्यक छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
