पुस-१३, रजहर, बिबेक भण्डारी, नवलपरासीको रजहर गाविसमा रहेको धुसेरी सामुदायिक वनले खानेपानी विस्तार गर्ने भएको छ । त्यस्तो भए संगै नवलपरासीको देवचुलि नगरपालिका-४ अन्तरगत पर्ने भुत्याहा वस्तीमा रहेका सर्वसाधारणले खोलाको पानी पिउन नपर्ने भएको छ । यस अघि त्यहाका बासिन्दाले खोलाको पानी पिउने गरेको र त्यसले विभिन्न किसिमका रोगहरु ल्याउने हुदा स्वस्च्छ खानेपानीको विस्तार गर्न लागेको धुसेरी सामुदायिक वनका सचिव चिन्तामणि चापागाइले जानकारी दिनुभयो । उहाले अनुमानित १ लाख ५० हजार खर्च गरि निर्मार्ण गर्न लागिएको बताउनु भयो । खानेपानी विस्तार गर्न जिल्ला भुसंरक्षणबाट १लाख ३२ हजार र धुसेरी सामुदायिक वनबाट १८ हजार गरि खानेपानी विस्तार गर्न लागिएको सचिव चापागाइले ले जानकारी गराउनु भयो । खानेपानी विस्तार पश्चात त्यस क्षेत्रका करिव २५ घर धुरी लाभान्वित हुने धुसेरी सामुदायिक वनका सचिव चिन्तामणि चापागाइले बताउनुभयो । उक्त सामुदायिक वनले वन भित्र रहेका जंगलि जनावरलाई पानी पिउनका लागि पोखरी समेत निर्माण गरेको छ । जस्ले गर्दा वनमा रहेको जंगलि जनावरहरु सोहि वनमा रहन सक्ने सामुदायीक बनका पधाधिकारिहरुले विश्वास गरेका छन ।