27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:39

TRENDING .

राष्ट्रिय खेलकुदमा सशस्त्र प्रहरी टोलीको यस्तो दादागिरी

- Advertisement -

काठमाडौँ, पुस- १३ । अम्पायरले चौका नदिएपछि एपिएफको महिला क्रिकेट टोलीले फाइनल खेल बहिष्कार गरेको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक भिडन्तमा मंगलबार राष्ट्रिय खेलाडीले भरिपूर्ण एपिएफले पूर्वाञ्चलको सामना गरेको थियो ।

एपिएफले खेल बहिष्कार गरेपछि प्राविधिक टोलीले पूर्वाञ्चललाई च्याम्पियन घोषणा गरेको छ । एपिएफका खेलाडीले रजत पदकसमेत बहिष्कार गरे । ‘बल बाउन्ड्रीमा गएको छैन’ पूर्वाञ्चलले एपिएफलाई ६५ रनको लक्ष्य दिएको थियो । एपिएफलाई अन्तिम १२ बलमा १३ रन चाहिएको थियो । एपिएफसँग दुई विकेट बाँकी थियो ।

लक्ष्य पछ्याएको इनिङको १८औँ ओभरमा पूर्वाञ्चलकी कप्तान कविता गौतमले बलिङ गरेकी थिइन् । १८.४ बलमा एपिएफकी रितु कनौजियाले आकर्षक सट प्रहार गरिन् । बाउन्ड्री लाइनमा पूर्वाञ्चलकी फिल्डर अप्सरा वेगमले रितुद्वारा प्रहार बल समात्न सकिनन् । बल बाउन्ड्री घेरिएको डोरीनजिक खस्यो । त्यसपछि वेगम बललाई खुट्टाले रोक्दै बाउन्ड्री बाहिर गइन् र डोरी नाघ्दै बल टिप्दै क्रिजतर्फ फ्याँकिदिइन् । अम्पायर अधिद प्रधानले वेगमलाई बलले बाउन्ड्री लाइनको डोरीमा छोएको वा नछोएको भनी सोधे । वेगमले बल बाउन्ड्री लाइनभन्दा बाहिर नगएको बताइन् । अम्पायर प्रधानले वेगमकै कुरा सही माने । यतिवेलासम्म एपिएफका खेलाडी शान्त नै थिए । एपिएफले थप दुई बल खेल्यो । गौतमले दुवै बल वाइडका रूपमा फ्याँकिन् । अनि सुरु भयो विवाद पूर्वाञ्चलकी खेलाडी गौतमले १८औँ ओभरको अन्तिम दुई बल वाइड फ्याँकेपछि एपिएफका खेलाडी विवादमा उत्रिए ।

अम्पायर र विपक्षी खेलाडीबीच मिलेमतो भएको दाबी गर्दै एपिएफका खेलाडीले मैदान छाडे । आयोजक र प्राविधिक पक्षले एपिएफका खेलाडीलाई सम्झाउने धेरै कोसिस गरेका थिए । आधा घन्टासम्म पनि एपिएफका खेलाडी मैदानमा आएनन् । फाइनल खेलका म्याच कमिस्नर सत्यजित सरकारले अन्तिम चेतावनी दिँदै एपिएफलाई पाँच मिनेटभित्र मैदानमा फर्कन र खेल्न आग्रह गरे । तर, एपिएफका ब्याट्सम्यान क्रिजमा फर्केनन् । म्याच कमिस्नर सरकारले पूर्वाञ्चललाई चार रनले विजयी घोषणा गरे ।
नयाँ पत्रिकाबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्