पत्रकारहरुलाई सहयोग गर्ने उदेश्यले नवलपरासीमा प्रेमयोग संचारकर्मी सहयोग कोष स्थापना भएको छ । नवलपरासीको कावासोती १, हातिखोर पोखरीतालमा आयोजना भएको प्रेमयोग संचारकर्मी सहयोग कोष घोषणा एवम् मित्र मिलन कार्यक्रममा कोषको घोषणा गरिएको हो । कोषका लागि समाजसेवि योग प्रसाद शर्मा रिजाल र प्रेम कुमारी शर्माले संयुक्त रुपमा वार्षिक रुपमा २० हजार रुपैया बराबरको कोषको घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै समाजसेवि शर्माले आफुले जान्ने बुझने भएदेखि नै पत्रकारहरुको कामले प्रभावित भएको र कतिपय समयममा पत्रकारहरुले न्युन पारिश्रमिकमा ,जोखिम उठाएर काम गरिरहनुपरेको भन्ने कुराहरु बहिर आउदा आफुले पत्रकारलाई भईपरि आउने दुर्घटना तथा औषधी उपचारमा सहयोग पुर्याउने उदेश्यले कोषको स्थापना गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै संचारकर्मी तथा पत्रकार संघ नवलपरासीका अध्यक्ष खगराज सापकोटाले , विषेशगरि श्रमजिवी पत्रकारहरुलाई विभिन्न पुरस्कारहरुका लागि कोष स्थापना भएको भए पनि कहि कतै दुर्घटनामा पर्दा खुःख विरामी पर्दाखेरी सहयोग जुटाउन गाह्रो हुने हुदा आफुले कोषकालागि पहल गरेको र शर्माले पनि त्यसलाई सहजै रुपमा लिएर सहयोग गर्नुभएकोमा धन्यावाद दिनुभयो । कोषमा आउदा दिनमा अरु रकम पनि थप गरिने र विषेशगरि श्रमजिवी पत्रकारहरुलाई दुःख विरामी पर्दा थोरै भएपनि सहयोग गरिने लक्ष्य कोषबाट लिएको बताउनुभयो । कार्यक्रममा महाराजा धार्मिक बन उपभोक्ता समितीका अध्यक्ष शिव भट्टराई , प्रेश युनियन जिल्ला अध्यक्ष श्रीराम सिग्दले , क्रान्तीकारी पत्रकार महासंघ केन्द्रिय सदस्य रामकुमार श्रेष्ठ , प्रेस सेन्टर नवलपुरका सचिव अनर्सुन लुईटेल , क्रान्तीकारी पत्रकार संगठन जिल्ला अध्यक्ष शिव डुम्रे लगायतको सहभागिता रहेको थियो ।