27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 03:26

TRENDING .

३ दिनमै आमिरको ‘दंगल’को कमाई सय करोड

- Advertisement -

एजेन्सी, २ बर्षमा एक पटक पर्दामा आउने तर हंगामा नै मच्चाउने नायक हुन् आमिर खान । चलचित्रमा खुबै मिहिनेत गर्ने आमिरका चलचित्रले बक्स अफिसमा रेकर्ड बनाइरहेका छन् । उनै, आमिर अभिनित चलचित्र ‘दंगल’ले ३ दिनमै सय करोडको क्लबलाई छोएको छ । रिलिजको पहिलो दिन शुक्रबार चलचित्रले २९.७८ करोडको कमाई गरेको थियो । शनिबार शुक्रबारको तुलानामा ५ करोड बढी कारोवार भयो । शनिबार चलचित्रले ३४.८२ करोडको व्यापार गर्‍यो । आइतबार बिदाको दिन चलचित्रको व्यापार शनिबारको तुलानामा करिब ८ करोड बढ्यो । आइतबार चलचित्रले ४२.३५ करोडको कारोवार गरेको छ ।

योसँगै विकेन्ड कलेक्शनमा चलचित्रको व्यापार १०६.९५ करोड पुगेको छ । चलचित्रको यो व्यापारलाई बलिउड पण्डितहरुले उत्कृष्ट भनेका छन् । अब, चलचित्रले आजबाट कस्तो व्यापार गर्छ, त्यसले यसको लाइफटाइम कलेक्शन आँकलन गर्न सकिन्छ ।

बलिउडमा अहिलेसम्म सर्वाधिक धेरै कमाउने चलचित्रको रेकर्ड पनि आमिरको नाममै छ । उनले अभिनय गरेको चलचित्र ‘पीके’ले ३३० करोड माथिको व्यापार गरेको छ । आमिरलाई क्रिसमस फाप्दै पनि आएको छ । योसँगै आमिरका ५ वटा चलचित्रले सय करोडको आँकडा पार गरेका छन् । यसअघि उनी अभिनित ‘गजनी, थ्री इडियट्स, धुम ३, पीके’ले सय करोड कमाएका थिए ।

आमिर खानले नै बलिउडमा सय, दुई सय र तीन सय करोडको सुरुवात गरेका हुन् । उनी अभिनित ‘गजनी’ले सबैभन्दा पहिला सय करोड कमाएको थियो । यस्तै, उनी अभिनित ‘थ्री इडियट्स’ले भारतमा सबैभन्दा २ सय करोडको कारोवार गरेको थियो भने सन् २०१४ मा रिलिज भएको ‘पीके’ले सबैभन्दा पहिला भारतमा ३ सय करोडको आँकडा छोएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्