8.1 C
Kathmandu
Flowers in Chania

भारत सहित चार देशका प्रहरीलाई पछि पार्दै नेपाल प्रहरी उत्कृस्ट, ६२ वर्षे इतिहास तोडियो

- Advertisement -

काठमाडौं,पुस -११, भारतसहित चार देशका प्रहरीको संयुक्त तालिममा पहिलोपटक नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन्। ६२ वर्षे इतिहासमा पहिलोपटक प्रहरी निरीक्षक रघु विष्टले सो अवार्ड हात पारेका हुन्। हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुँदै आएका छन्। सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने गर्छ।

गत वर्षको जनवरीदेखि अक्टोबर अन्तिमसम्म चलेको सो तालिममा नेपालका तर्फबाट प्रहरी निरीक्षकहरू रघु विष्टसहित विकास बम, कमल बेल्वासे, यामकुमार श्रेष्ठ र चेतना पोखरेल सहभागी थिए। जसमध्ये विष्ट एक्लैले ६ वटा बाह्य प्रशिक्षण पदक हासिल गरेका हुन्। सो तालिममा नेपालका अतिरिक्त भारत, माल्दिभ्स, भुटानका प्रहरी अधिकृतहरू पनि सहभागी थिए।

चार देशका १ सय २९ प्रशिक्षार्थीमध्ये विष्ट नै सर्वोत्कृष्ट प्रहरी घोषित भए। तालिममा सन् १९५४ देखि नै नेपाल सहभागी हुँदै आएको छ। तर, यसप्रकारको अवार्ड भने यसपटक मात्रै प्राप्त भएको हो। ‘नेपालले पहिलोपटक यो उपाधि हासिल गरेको हो,’ विष्टको प्रतिभा प्रस्तुतीकरणको क्षमता असाधारण छ,’ प्रहरीको भरतपुर तालिम केन्द्रका प्रमुख प्रहरी नायबमहानिरीक्षक ९डीआईजी० रणबहादुर चन्दले भने। प्रहरीनिरीक्षक विष्ट हाल भरतपुर तालिम केन्द्रमा कार्यरत छन्।

कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका विष्ट २०७० सालमा १५८औं ब्याचीका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी नेपालको तालिम सकिनासाथ इन्डियन पुलिस फोर्सको तालिममा परेका थिए। त्यहाँ उनले १० महिना तालिम लिँदा हप्ता, महिना हुने अभ्यासमा दर्जनौं गोल्डमेडल हासिल गरेका थिए। त्यसपछि पनि त्यो क्रम निरन्तर कायम रहँदा अन्तिम समयमा हुने प्रशिक्षण प्रतिभामा विष्टले सबैलाई पछि पार्दै बेस्ट अवार्ड जित्न सफल भएका हुन्। नेपाल प्रहरीकै तर्फबाट इतिहास रचेको भन्दै भरतपुर तालिम केन्द्रले पनि उनलाई विशेष सम्मान गरेको थियो।

‘सो तालिम आफूलगायत नेपाल प्रहरीका तर्फबाट बेस्ट अवार्ड प्राप्त गरेकोमा गर्व लागेको छ,’ प्रहरी निरीक्षक विष्टले राजधानीसँग भने। उनका अनुसार तालिममा प्राप्त गरेको सीपलाई समायोजन गरेको र त्यो नै उत्कृष्ट बनेको हो। ‘नेपाल प्रहरीबाट निरन्तर तालिममा सहभागी हुँदा मैले मात्रै यो पदक पाए भन्ने होइन, प्रहरी संगठनकै सम्पत्ति हो,’ विष्टले भने। यसअघि सो तालिम हालका डीआईजीहरू नवराज सिलवाल, देवन्द्र सुवेदी, एसएसपीहरू सर्वेन्द्र खनाल, रमेश खरेल, राजेन्द्रमान श्रेष्ठले पनि लिएका थिए।यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्