27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:26

TRENDING .

संशोधन थाती राखेर भएपनि स्थानीय चुनाव अनिवार्य : नेपाली कांग्रेस

- Advertisement -

काठमाडौँ, पुस-११ । सत्तारुढ कांग्रेस संविधान संशोधन तत्कालका लागि थाती राखेर स्थानीय निकायको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको छ । पदाधिकारी, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य भएको बताएका छन् ।

कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारीको आइतबार बसेको बैठकमा सभापति शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा भएमा राजनीतिक वृत्तमा सकारात्मक सन्देश जाने र संविधान कार्यान्वयनको चरण सुरु हुने बताए । ‘तत्काल स्थानीय तहको निर्वाचन गर्न सक्ने सम्भावना नभएकाले निकायकै भए पनि निर्वाचन गर्नुपर्छ,’ देउवाले बैठकमा भने, ‘संविधान संशोधन प्रस्ताव थाती राखेर भए पनि तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने विषयमा प्रधानमन्त्री र प्रतिपक्षी एमालेसँग छलफल चलाउनुपर्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रियाबाट समस्या समाधान खोज्न सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसले पहलकदमी लिनुपर्ने बताए । ‘संसद्को गतिरोध अन्त्य गरेर संविधान कार्यान्वयनको चरणमा मुलुकलाई लैजान आवश्यक छ । यसका लागि निर्वाचन घोषणा हुनुपर्छ । विपक्षीलाई समेत साथमा लिएर मधेसको समस्या समाधान गरिनुपर्छ,’ पौडेलले भने, ‘तत्काल स्थानीय तहको निर्वाचन सम्भव नभए स्थानीय निकायको भए पनि निर्वाचन घोषणा गरेपछि विपक्षीलाई संसद् खोल्न दबाब बढ्छ ।’

नेता कृष्ण सिटौलाले समसामयिक राजनीतिक घटनाक्रमबारे उल्लेख गर्दै दलहरूबीच औपचारिक–अनौपचारिक छलफल भइरहे पनि संविधान कार्यान्वयन प्रक्रिया भरपर्दो रूपमा अघि बढ्न नसकेको बताए । निर्वाचन र संविधान कार्यान्वयनको विषयमा विपक्षी एमाले र असन्तुष्ट मधेसकेन्द्रित दललाई पनि सँगै लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । महामन्त्री डा. शशांक कोइरालाले पुरानै संरचनाअनुसार स्थानीय निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष पार्टीको रहेको बैठकपछि जानकारी दिए । उनले भने, ‘निर्वाचन स्थानीय तहको वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहस बैठकमा भयो ।

तत्काल तहको निर्वाचन सम्भव देखिएन, त्यसैले पुरानै संरचना अर्थात् स्थानीय निकायको निर्वाचन गर्दा सजिलो हुन्छ भन्ने भयो ।’ स्थानीय निर्वाचन घोषणा गर्दा संसद् अवरुद्ध गर्दै आएका विपक्षी एमालेलगायत दलमाथि जनस्तरबाटै संसद् खोल्न दबाब पर्ने कांग्रेसको बुझाइ रहेको पनि कोइरालाले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्