8.1 C
Kathmandu
Flowers in Chania

करको महत्व बारे जानकारी गराउन युथ एक्टीभिष्टा अग्रसर

- Advertisement -

गोपिगंज , पौष-१०, श्याम थापा। करको महत्व बारे सर्वसाधरणमा जानकारी निकै कम रहेको पाईएको छ । सो को महत्व बारे स्थानीय सर्वसाधरणमा जनचेतना र समयमै कर तिरी आफनो कर्तब्य पुरा गर्नाले सरकारवाट पाउने सेवा सुबिधाको बारेमा जानकारी गराउने उदेष्यले आज युथ एक्टीभिष्ट नवलपरासीको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हरेक ब्यक्ति सम्पत्तिवाट उठ्ने कर राष्ट्रियको ढुकुटिमा विशेष भुमिका रहेका र सरकारवाट प्रवाह हुने सेवा सुबिधाको डिजाईन पनि करले नै निर्धारण गर्ने भएकाले सो को बारे जनचेतनाको अपरिहार्य ठान्दै कार्यक्रमको अयोजना गरिएको बताईएको छ । म कर तिर्छु के का लागी तिर्छु बिषयक अभिमुखिकरण कार्यक्रममा नागरिकले तिरेको कर निशुल्क तथा गुणस्तरिय शिक्षाका लागी र निशुल्क स्वास्थय सेवाका लागी जस्ता कार्यहरु हुनका लागी कर तिरिरहेको कार्यक्रमका सहभागीहरुले बताए । आफुहरुले तिरेको कर को रकम सरकारले राम्रो ढङ्गले सदुपयोग गर्न नसकेको सरकारलाई सहभागीहरुले आरोप पनि लगाए सो कार्यक्रममा दाउन्ने देबी, रुपौलिया, जमुनिया, प्रतापपुर, कुडिया र त्रिबेणी सुस्ता गरि ६ वटा गा.बि.सका युवाहरु गरि ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण युथ एक्टिभिष्टा नवलपरासीका बिधाता यादव र नारायण भण्डारीले गर्नु भएको थियो । कार्यक्रममा उपस्थिती भएका युवाहरुले आज जमुनिया गा.बि.सको गोपिगञ्ज बजारमा रहेका पसलहरुका साहु, स्थानियबासी र ग्राहकहरुलाई कर के हो र के को लागी बुझाउनु हुन्छ भनेर २ मिटरको सेतो कपडामा बिचारहरु पनि संक्लन गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्