8.1 C
Kathmandu
Flowers in Chania

ढाका कपडाको माग बड्दो

- Advertisement -

पुस-१० , बिबेक भण्डारी , ढाका कपडाको माग बड्दो रहेको ढाका व्यवशायिहरुले बताएका छन । पहिलेको तुलनामा ढाकाको कपडा बढि खपत हुने गरेको व्यवशायिको भनाइ छ । जिल्लाको देवचुलि नगरपालिकामा रहेको ढाका तथा साझा सुविधा केन्द्र पुनर्वासमा रहेको ढाका कपडा उत्पादका प्रमुख हरि श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार पहिलेको तुलनामा अहिले अहिले ढाको माग बढि आएको बताएका बताउनुभयो । आफुहरुले उत्पादन गदै आएको ढाका कपडाको माग अत्यधिक आउने हुदा माग अनुसारको कपडा पुर्याउन नसकेको बताउनुभयो । उहाले अहिले नेपालिहरुले आफ्नो पहिचान बुझ्दै गएको र बढि मात्रामा ढाको प्रयोग नै गर्नुपर्छ भन्ने उद्देश्यले गर्दा नै ढाको कपडा बढि खपत हुने गरेको श्रेष्ठको भनाइ छ । केहि वर्ष अगाडि आफुले तयार पारेको ढाकाको कपडा खपत हुन नसक्दा त्यसै घरमा राखि रहेको अवस्था थियो भने अहिले ढाको माग बढे संगै व्यवशाय पनि राम्रो भईरहेको श्रेष्ठले बताउनुभयो । आफुहरुले बुटवलबाट थागो ल्याइ यहाबाट तयारी कपडा बनाई बाहिर बठाइने गरेको श्रेष्ठको भनाइ छ । नवलपरासीको तुलनामा केहि प्रतिशत कपडा खपत भए पनि बढि कपडाहरु पोखरा , चितवन , लगायतका स्थानमा खपत हुने श्रेष्ठले बताउनुभयो । २०६७ सालबाट सुरु गरिएको सो ढाका व्यवशाय  माग अनुसार खपत हुदा व्यवशायले गति लिइरहेको बताउनुभयो । यतिवेला श्रेष्ठले बुटबलबाट धागो खरिद गरि आफुले मिटरको हिसाबले बाहिर बेच्ने गरेको जानकारी दिनुभयो । श्रेष्ठले कावासोतीमा तालिम लिए पश्चात आफुले नै संञ्चालन गरेको बताउदै हाल स्थानिय ८ जना रोजगार समेत दिएका छन । श्रष्ठका अनुसार कर्मचारीलाई कपडा तयार गर्न कति मिटर तयार गर्न सक्छन सोहि बराबरको पारिश्रमीक दिने गरेको बताए । ढाका तथा साझा सुविधा केन्द्र स्थापना गर्न विभिन्न संघ संस्थाहरुले पनि सहयोग गरेका छन । लघुउद्यम विकास कार्यक्रम , जिल्ला वन कार्यलय , जिल्ला विकास समिति , विजय विकास श्रोत केन्द्र , सहमति गैडाकोट , त्यस्तै श्रमदान उद्यमिहरुबाट प्राप्त सहयोगको आधारमा सो केन्द्रको निर्माण भएको हो । हाल त्यस केन्द्रमा ८ जनाले रोजगार समेत पाएका छन । विशेष गरेर खालि समयमा त्यत्तिकै बस्नु भन्दा ढाका कपडाको उत्पादन केन्द्रमा कार्य गर्ने गरेको सोहि केन्द्रमा कार्यरत महिलाको भनाइ छ  । विशेष गरेर त्यस केन्द्रमा महिलाहरुले बढि रोजगार पाएका छन ।  महिलाहरुका अनुसार आफु पहिले घरमा त्यसै बस्ने गरेको कुनै पनि आम्दानिको स्रोत नभएको कारणले घर खर्च समेत जुटाउन धौधौ हुने गरेको भए पनि यति बेला भने ढाका कपडा उत्पादन केन्द्रमा कार्य गर्न सुरु गरे देखि घर खर्च राम्रै संग चलि रहेको बताएका छन । आफुलाई सरकारको तर्फबाट अझै सहयोगको आवस्यक रहेको बताउदै प्रमुख श्रेष्ठले सरकारले सहयोग गरिदिने हो भने आफुले अझै यसलाई अझै विस्तार गदै अरुलाई पनि रोजगार प्रदान गर्न सक्ने बताएका छन । सरकारले उद्यमि बन्न चाहनेहरुका लागि विभिन्न किसिमका कार्यक्रमहरु ल्याए पनि अधिकाशंले अझै सरकारको सरहयोग पाउन नसकेको गुना गदै आएका छन  ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्